दिल्लीको दूषित हावा : दुई दिन घरबाट ननिसक्न सुझाव

नयाँ दिल्लीको हावाको अवस्था निकै खराब भएपछि केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) ले चेतावनी नै जारी गरेको छ । यसमा गम्भीर रोगी, बालबालिका, वृद्ध र गर्भवती महिलालाई कम्तीमा दुई दिन घरभन्दा बाहिर ननिस्कन सल्लाह दिइएको छ । सीपीसीबीको शुक्रबार बसेको समीक्षा बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा १८ नोभेम्बरसम्म मौसमको स्थिति प्रदूषणको फैलावटका लागि निकै प्रतिकूल रहने बताइएको छ ।
सीपीसीबीले सरकारी र निजी कार्यालयका कर्मचारीलाई निजी परिवहनको उपयोग ३० प्रतिशतले कम गर्न पनि निर्देशन दिएको छ । त्यस्तै, खोकी, रुघा र छातीमा पीडा भएकाहरुलाई घरमा नै आराम गर्न सुझाव दिइएको छ । दिल्लीमा पछिल्लो २४ घण्टामा औसत एयर क्वालिटी इन्डेक्स (एक्यूआई) साँझ ४ बजेसम्म ४७१ दर्ता गरिएको थियो । यो अहिलेसम्मकै सबैभन्दा खराब हो । बिहीबार एक्यूआई ४११ थियो । बोर्डले ४८ घण्टाका लागि हावाको गुणस्तर निकै गम्भीर बनेको बताएको छ । राज्य र स्थानीय निकायलाई आपत्कालीन उपाय लागू गर्न बोर्डको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवाह गर्ने उमेर घटाउन मन्त्री साहको सुझाव
-
बाढीले विद्युत् सेवा अवरूद्ध, २५० परिवार अन्धकारमा
-
गृह मन्त्रालयले गर्यो चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ६ सहसचिवको सरुवा
-
गृहमन्त्रीको पक्षमा मधेसी दलहरू : भने– स्वच्छ छवि भएकालाई जबर्जस्ती आरोप लगाइयो
-
‘माइतीघर’को गीत ‘वसन्त नै बस्न खोज्छ’मा उपासना र श्यामाश्रीको ठुम्का
-
शेख हसिनाविरूद्ध पक्राउ पूर्जी जारी