जनताको बहुदलीय जनवाद (जबज) मार्गदर्शक सिद्धान्त बन्न सक्दैन : झलनाथ खनाल
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले जनताको बहुदलीय जनवाद (जबज) पार्टीको मार्गदर्शक सिद्धान्त बन्न नसक्ने बताएका छन् । शनिबारबाट सुरु भएको पार्टीको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकमा आफ्नो दस्तावेज पेश गर्दै नेता खनालले मार्क्सवाद, लेनिनवाद नै पार्टीको मार्गदर्शक सिद्धान्त भएको उल्लेख गरेका हुन् ।
‘अब जबज हाम्रो मार्गदर्शन सिद्धान्त बन्न सक्दैन। मार्क्सवाद लेनिनवाद नै हाम्रो मार्गदर्शन सिद्धान्त हो । त्यसको प्रकाशमा हामीले समाजवादी क्रान्ति र रूपान्तरणको कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्य निर्धारण गरेर अघि बढ्नुपर्छ । त्यसरी मात्र हामी समाजवादका लक्ष्य हासिल गर्न सक्छौं र नेपाली जनताको सपनाका रुपमा हामीले अघि सारेको “सुखी नेपाली, समृद्ध नेपाल”को निर्माण गर्न सक्छौं’, नेता खनालको दस्तावेजमा उल्लेख छ ।
खनालले नेपाली कम्युनिष्ट आन्दोलन र नेपाली क्रान्ति एउटा नयाँ मोडबाट अघि बढ्दै गरेको पनि जिकिर गरेका छन् । उनले पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भई हामी समाजवादी क्रान्ति र रूपान्तरणको नयाँ युगमा आएको बताएका छन् । मार्क्सवाद–लेनिनवादलाई आजको वास्तविकतामा लागू गर्दै समाजवादी क्रान्ति र रूपान्तरणका कार्यदिशा, नीति र सिद्धान्तहरूको विकास गर्दै नेपाली क्रान्तिलाई अघि बढाउनुपर्ने उनको तर्क छ । ९ बुँदामा आफ्नो धारणा सार्वजनिक गरेका खनालले आगामी दिनमा पार्टीले गर्नुपर्ने कामहरु १९ बुँदामा समेटेका छन् ।
यस्तो छ नेता खनालको दस्तावेजको टिपोट :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण