विश्व नम्बर १ बेल्जियम विश्वकपमा छनोट
आइतबार, २८ कात्तिक २०७८, ०७ : ४०
विश्व नम्बर १ टोली बेल्जियम सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपका लागि छनोट भएको छ । छनोट चरणमा एक खेल बाँकी छँदै नै रोबर्टो मार्टिनेजको टोलीले विश्वकपमा प्रवेश पाएको हो । समूहको अन्तिम खेलमा अब बेल्जियमले वेल्सको सामना गर्नेछ ।
क्रिस्टल प्यालेसका स्ट्राइकर क्रिस्टियन बेन्टेकेले खेलको ११ औँ मिनेटमा गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा यानिक कारास्कोले २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै बेल्यिजमको अग्रता दोब्बर बनाए । ७४ औँ मिनेटमा थोरगान हाजार्डले तेस्रो गोल गरे ।
हाजार्डको गोलअघि एस्टोनिया एरिक सोरगाले एक गोल फर्काए पनि उक्त गोल सान्त्वना गोल मात्र बन्न पुग्यो । समूहकै अर्को खेलमा वेल्सले बेलारुसमाथि ५ १ को शानदार जीत हासिल गर्दै दोस्रो स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण