कैलालीमा माओवादी केन्द्रका क्रियाशील सदस्य २३ हजार, वडा अधिवेशनको तयारी तीव्र
आइतबार, २८ कात्तिक २०७८, १६ : ०६
एकीकृत नेकपा माओवादीले देशैभरिका वडामा एकैसाथ अधिवेशन गर्ने निर्णय गरेपछि कैलाली जिल्लामा पनि तयारी तीव्र तुल्याएको छ । मंसिर ४ गते हुने वडा अधिवेशनको तयारी थालिएको पार्टीका स्थानीय नेता रमेश धामीले जानकारी दिए ।
भर्खर सदस्यता नवीकरण र सदस्यता दिने काम सकिएको उनले बताए । कैलाली जिल्लामा नेकपा माओवादी केन्द्रका क्रियाशील सदस्य मात्र २३ हजार रहेको उनले जानकारी दिए ।
धामीका अनुसार जिल्लामा सबैभन्दा बढी टीकापुर नगरपालिकामा २ हजार ६६८ क्रियाशील सदस्य छन् भने दोस्रोमा धनगढी उपमहानगरपालिकामा २ हजार ६३५ सदस्य छन् ।
माओवादी केन्द्रबारे फैलाइएको भ्रमलाई चिर्दै संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका खातिर पार्टीले निर्वाह गरेको भूमिकालाई जनतासम्म प्रभावकारी रुपमा प्रवाह गर्नका लागि वडा अधिवेशन सार्थक हुने माओवादी नेता धामीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण