सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कैलालीमा माओवादी केन्द्रका क्रियाशील सदस्य २३ हजार, वडा अधिवेशनको तयारी तीव्र

आइतबार, २८ कात्तिक २०७८, १६ : ०६
आइतबार, २८ कात्तिक २०७८

एकीकृत नेकपा माओवादीले देशैभरिका वडामा एकैसाथ अधिवेशन गर्ने निर्णय गरेपछि कैलाली जिल्लामा पनि तयारी तीव्र तुल्याएको छ । मंसिर ४ गते हुने वडा अधिवेशनको तयारी थालिएको पार्टीका स्थानीय नेता रमेश धामीले जानकारी दिए ।

भर्खर सदस्यता नवीकरण र सदस्यता दिने काम सकिएको उनले बताए । कैलाली जिल्लामा नेकपा माओवादी केन्द्रका क्रियाशील सदस्य मात्र २३ हजार रहेको उनले जानकारी दिए ।

धामीका अनुसार जिल्लामा सबैभन्दा बढी टीकापुर नगरपालिकामा २ हजार ६६८ क्रियाशील सदस्य छन् भने दोस्रोमा धनगढी उपमहानगरपालिकामा २ हजार ६३५ सदस्य छन् ।

माओवादी केन्द्रबारे फैलाइएको भ्रमलाई चिर्दै संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका खातिर पार्टीले निर्वाह गरेको भूमिकालाई जनतासम्म प्रभावकारी रुपमा प्रवाह गर्नका लागि वडा अधिवेशन सार्थक हुने माओवादी नेता धामीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप