बारको थप आन्दोलन : दलहरूलाई ज्ञापनपत्रदेखि चोलेन्द्रका विवादित फैसला अध्ययन गर्नेसम्म
प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन गरिरहेको नेपाल बार एसोसियसनले आन्दोलनको कार्यक्रम थप गरेको छ । मंगलबार साँझ बसेको नेपाल बार एसोसिएसनको कार्यसमितिको बैठकले आगामी शुक्रबारसम्मका लागि आन्दोलनको कार्यक्रम थप गरेको हो ।
आगामी आन्दोलनमा सर्वोच्च अदालत अगाडिको धर्ना प्रदर्शनलाई निरन्तरता दिँदै देश भरिका १८ वटा उच्च अदालतमा समेत विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । मङ्सिर ३ गते शुक्रबारसम्म प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नआए केन्द्रीय प्रतिनिधि पठाएर उच्च अदालतहरूमा विरोध प्रदर्शन गर्ने निर्णय आजको बैठकले गरेको छ ।
बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले मङ्सिर ३ गते संसद्मा रहेका सबै दलहरूको कार्यालयमा ज्ञापन पत्र बुझाउने जानकारी दिए । यस्तै नेपाल बारले प्रधानन्यायाधीश बिना संवैधानिक परिषद्को बैठक बोलाएर अदालतमा देखिएको समस्या हल गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्ने निर्णय पनि गरेको उनले बताए ।
यस्तै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अहिले सम्म गरेका विवादित फैसला सम्बन्धी कागजपत्र सङ्कलन गरि अध्ययन गर्ने निर्णय पनि बैठकले गरेको छ । नेपाल बारले आन्दोलनमा कालो कोट लगाएका राजनैतिक दलका कार्यकर्ताको घुसपैठ भएको भन्ने समाचारमा कुनै सत्यता नभएको स्पष्ट परेको छ । साथै सर्वोच्च अदालत र नेपाल बारको परिसरमा अर्ध सैनिक बल प्रवेश गराई विरोध गर्न पाउने अधिकार कुण्ठित गर्न खोजिएको भन्दै निन्दा समेत बैठकले गरेको छ ।
नेपाल बारले आन्दोलन अवधिभर प्रधानन्यायाधीश उपस्थित सबै कार्यक्रम बहिस्कार गर्ने पनि बताएको छ । यस्तै न्याय परिषद् र न्याय सेवा आयोगका पदाधिकारीलाई बैठकमा सहभागी नहुन पनि एसोसियसनले अनुरोध गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण