नेप्से सूचक २८ सयमा उक्लियो, आज पनि १६ अङ्कको वृद्धि
बुधबार, ०१ मङ्सिर २०७८, १५ : ३१
सेयर बजार परिसूचक नेप्सेमा बुधबार पनि १६ अङ्क माथिको सुधार आएको छ । लगातार तेस्रो दिन पनि उकालो लाग्दै नेप्से सूचक आज २८ सय माथि पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १६.९५ अङ्कले बढेर २८ सय १.५२ विन्दुमा उक्लिएको छ । यस्तै यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.९८ अङ्कले बढ्दै ५२५.४४ विन्दुमा पुगेको छ ।
यसदिन बैंकिङ, ट्रेडिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, फाइनान्स र माइक्रोफाइनान्स उपसमूहहरू धनात्मक भएका छन् भने, विकास बैङ्क, जीवन÷निर्जीवन बीमा, म्युचुअल फन्ड लगायतका समूह ऋणात्मक भएका छन् । झण्डै १७ अङ्कले बढेको बजारमा आज ७ अर्ब ३७ करोड ९४ लाखको कारोबार भएको छ । गत मंगलबार अधिकतम ६९ दशमलव २२ अङ्कले बढेको बजारमा जम्मा ५ अर्ब ५२ करोड १६ लाखको मात्र कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण