नेपाली काँग्रेस जाजरकोटको सभापतिमा वेदराज सिंह सर्वसम्मत
सोमबार, ०६ मङ्सिर २०७८, ११ : २१
नेपाली काँग्रेस जाजरकोटले जिल्ला सभापतिको टुङ्गो लगाइसकेको छ । यसअघि कर्णालीका १० जिल्लामध्ये कालिकोटमा मात्र जिल्ला सभापति सर्वसम्मत चयन गरिएको थियो भने जाजरकोटमा पनि सर्वसम्मत सभापति चयन गरिएको छ ।
जाजरकोटमा वेदराज सिंह सर्वसम्मत रुपमा सभापतिमा निर्वाचित भएका छन् । स्थानीय कार्यदलले आइतबार सभापतिसहित सम्पूर्ण जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको नेपाली काँग्रेस जाजरकोटले जनाएको छ । यस्तै जिल्ला उपसभापति खड्क विसी र रत्न खड्का, सचिवमा हरिशचन्द्र बस्नेत र तेजविक्रम शाह निर्वाचित भएका छन् ।
सह–सचिवमा खडक विसी (पजारु) र छवि पन्त चयन भएका छन् । यसअघि कालिकोटमा अमरबहादुर शाही सभापतिमा सर्वसम्मत निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण