जुम्ला माओवादीको ५२ वडाको नेतृत्व चयन
नेकपा माओवादी केन्द्र जुम्लामा ५२ वडाको नेतृत्व चयन भएको छ । माओवादीले मंसिर ४ गते एकै साथ शुरु गरेको वडा सम्मेलनमा जिल्लाका ६० वडा मध्ये ५२ वडाको नेतृत्व चयन गरेको नेकपा माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ ।
नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य तथा तातोपानी गाउँपालिकाका इन्चार्ज गोमा कुँवरले अधिवेशन हुन बाँकी वडाको पनि एक दुई दिनभित्र अधिवेशन हुने बताए ।
माओवादी नेता पूर्ण प्रसाद धितालका अनुसार प्रदेश (ख) कनकासुन्दरीको ८, सिञ्जाको ६, हिमा ७ र तिलाका ९ वटा वडाका सम्मेलनबाट नेतृत्व चयन भई सम्पन्न भईसकेको छन् ।
यता गुठिचौर गाउँपालिकाका ईन्चार्ज भवानी प्रसाद अधिकारीका अनसार गुठिचौरका ५ वडा मध्य ४ र ५ गते दुई वटा वडाको सम्मेलन सहित नेतृत्व चयन भईसकेका र बाँकी ३ वडाको भइरहेका छन् ।
चन्दननाथ नगरपालिका अध्यक्ष ललितजंग महतका अनुसार चन्दननाथ नगरपालिकाका वडा नम्बर ५ वाहेक ९ वटा वडाको सम्पन्न भईसकेको र ५ वडाको हुने तयारी भएको छ ।
यता पातारासी गाउँपालिकाका ४ वटा वडा सम्मेलनबाट नेतृत्व भइसकेको बाँकी तयारी भइरहेका नेकपा माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ । माओवादीको वडा समिति २९ सदस्यीय हुने व्यवस्था अनुसार वडा स्तरको नेतृत्व चयन भएको हो ।
यसैगरी हरेक टोल कमिटी १९ सदस्यीय, सेल कमिटी १५ जनाको गठन गरिएको छ । पूर्वराज्यमन्त्री कुँवरका अनुसार स्थानीय तहमा पालिका कमिटी ५५ जनाको हुने र नेकपा माओवादीको केन्द्रीय सर्कुलर अनुसार ११ गते पालिका स्तरीय सम्मेलन हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण