कालिकोटमा सुरुवा रोग अस्पताल सञ्चालनमा
कर्णाली प्रदेशमा पहिलो पटक सरुवा रोग अस्पताल सञ्चालनमा ल्याइएको छ । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार कालिकोटको मान्मामा उक्त, अस्पतालको उद्घाटन गरेका हुन् । १५ शय्याको उक्त, सुरुवा रोग अस्पताल कालिकोटका ५ वटा सरकारी कार्यालयका लागी निर्माण गरिएको एकीकृत भवनमा अस्पताल सञ्चालनमा ल्याइएको हो ।
अस्पतालमा वरिष्ट कन्सलटेन्ट जनरल फिजिसियनदेखि विशेषज्ञ चिकित्सक गरी ११ जना भन्दा बढी जनशक्ति आवश्यक पर्ने देखिएको छ। यो अस्पताल प्रदेश सरकारको रु. १ करोड लगानीमा निर्माण गरिएको हो । अस्पताल स्रोतका अनुसार तत्कालका लागि यो अस्पतालमा २१ जना जनशक्तिको दरबन्दी रहेको छ । वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन १ जना, मेडिकल अधिकृत एक जना, हाउस किपर सहायक १, फार्मेसी सहायक १ जना लगायत गरी २१ जनको दरबन्दी रहेको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै कर्णालीका शाहीले रोग, भोग अशिक्षा र अज्ञान्ताको भुमीबाट जन्मिएका कर्णाली बासीहरुका लागि सरुवा रोग अस्पताल सञ्चालनमा आउनु गौरवको विषय भएको बताए । उनले उक्त अस्पतालले जुम्ला, मुगु, दैलेख बाजुरा सम्मका नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण