काँग्रेस अधिवेशन : जुम्ला सभापतिमा कर्णबहादुर शाही विजयी
नेपाली काँग्रेस जुम्लाको ७ औँ अधिवेशनमा जिल्ला सभापतिमा कर्णबहादुर शाही विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी दिपबहादुर शाहीलाई पाँच मतले पराजित भएका हुन् । यसअघि दिपबहादुर वर्तमान जिल्ला सभापति हुन् । तत्कालीन काँग्रेस सभापति मानव सेजुवालको नेपाल एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएपछि उनले कार्यवाहक सभापतिको जिम्मेवारी समेत पाएका थिए ।
दिपबहादुर शाहीले झन्डै दुई कार्यकाल जिल्ला सभापतिसमेत चलाएका थिए । उनी यो पटक काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलबाट सभापतिका उम्मेदवार थिए । प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा प्यानलबाट सभापतिको उम्मेदवारी घोषणा गरेका कर्णबहादुर शाही यसअघिका कांग्रेस जुम्लाका सचिव हुन् ।
प्रदेशका दुई निर्वाचन क्षेत्रमा गरेर ६० मतले देउवा पक्ष पछाडि थियो । देउवा प्यानलबाट सभापतिमा कर्णबहादुर शाहीले पाँच मतले विजयी हासिल गरेको मुख्य निर्वाचन अधिकृत हसिना प्रधानले बताइन् । उनले भनिन्, ‘पौडेल प्यानलबाट सभापतिका उम्मेदवार दीपबहादुर शाही पराजित भए पनि उपसभापतिमा दिपक शाही र कार्मा बुढा, सचिवमा गोल्डेन कठायत र लक्ष्मण शाही, सहसचिवमा धनेन्द्र बोहोरा र नन्दप्रसाद चौलागाई पौडेल पक्षबाट विजयी भएका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण