डोल्पा काँग्रेसमा देउवाको वर्चश्व : सभापतिमा शाही निर्वाचित
नेपाली काँग्रेस डोल्पाको सभापतिमा दीपेन्द्रबहादुर शाही विजयी भएका छन् । उनी २ सय ३७ मत ल्याएर विजयी भएका हुन् । तत्कालीन सभापति अंगतकुमार बुढालाई ७९ मतले पराजित गर्दै संस्थापन निकट शाही सभापति निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । प्रतिद्वन्द्वी बुढाले १ सय ५८ मत ल्याए । अर्का उम्मेदवार गौरीशंकर उपाध्यायले २३ मत र दुध कुमारी हमालले ११ मत पाए ।
दुई सीट रहेको उपसभापतिमा २ सय ४४ मतसहित पूर्ण शाही विजयी भए । अर्को सीटमा लवकुमार शाही २ सय १० मत ल्याएर विजयी भए । उपसभापतिमा निर्वाचित दुवै शाही देउवा प्यानल हुन् । उप–सभापतिका उम्मेदवार श्याम रोकायाले २ सय मत ल्याएर पराजित भए ।
त्यसैगरी सचिवमा २ सय ४० मत ल्याएर हिक्मतबहादुर शाही र २ सय ५० मत ल्याएर दशरथ रोकाय निर्वाचित भए । सचिवमा निर्वाचित शाही पनि देउवा प्यानलकै हुन् । प्रतिद्वन्द्वी सुवास कठायतले १ सय ३५ र जनक बहादुर रोकायले ८८ मत ल्याएर पराजित भए । सहसचिवमा लक्ष्मणबहादुर शाहीले २ सय ३१ र सुरेन्द्र प्रसाद महतले २ सय ६० मत ल्याएर विजयी भए । सहसचिवका उम्मेदवार दिल कुमार रोकायले १ सय ५० मत ल्याएर पराजित भए ।
जिल्ला सभापतिमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि शाही, बुढा, उपाध्याय र हमाल चुनावी मैदानका उत्रिएका थिए । नवनिर्वाचित सभापति शाही निर्माण व्यवसायी पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण