विश्वका वायुप्रदूषित शहर सूचीको चौथो स्थानमा काठमाडौं
बुधबार, ०८ मङ्सिर २०७८, १६ : ३३
नेपालको राजधानी काठमाडौं उपत्यका विश्व अति वायु प्रदूषित शहर सूचीको चौथो स्थानमा उक्लिएको छ । विश्वभरको वायु प्रदूषण स्थितिबारे अद्यावधिक जानकारी दिइरहेको आइक्यूएअरडटकमका अनुसार यतिखेर काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचक १६९ आइक्यू छ । शून्यदेखि ५० सम्म एक्यूआई हुँदा मात्रै सो स्थान स्वस्थ मान्न सकिन्छ ।
भारतको राजधानी दिल्ली यतिखेर विश्वकै अति प्रदूषित शहर भएको छ । त्यहाँको युएस एक्यूआई २१० पुगेको छ । दोस्रो स्थानमा रहेको पाकिस्तानको लाहोर शहरको एक्यूआई १८६ र तेस्रो स्थानमा रहेको भारतकै कलकत्ताको एक्यूआई १६३ छ ।
बंगलादेशको राजधानी ढाका अति वायु प्रदूषित सूचीको चौथो स्थानमा छ । यतिखेर ढाकाको एक्यूआई १५७ छ । अमेरिकी मापदण्डअनुसार १५१ देखि २०० सम्मको एक्यूआई अस्वस्थ र २०१ देखि ३०० सम्मको एक्यूआई मात्रा हुँदा वातावरण अति अस्वस्थ हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण