अत्यधिक कागती पानी पिउँदा हुने ५ बेफाइदा
कागती पानी स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । विशेषज्ञका अनुसार कागती पानी पिउँदा डिहाइड्रेन र पाचन प्रक्रियासम्बन्धी समस्यालाई कम गर्छ । साथै, यसले तौल कम गर्न पनि मद्दत गर्छ । तर, धेरै मात्रामा कागती पानी पिउँदा शरीरलाई बेफाइदा हुन्छ । के–के बेफाइदा हुन्छ ?
दाँतमा समस्या
अमेरिकी डेन्टल एसोसिएशनका अनुसार कागतीमा अधिक मात्रामा अम्लीयपना हुन्छ । त्यसैले बारम्बार दाँतमा लाग्दा दाँतको इनामेललाई खराब गरिदिन्छ । त्यसैले दाँतलाई खराब हुन नदिन स्ट्रको प्रयोग गर्न सकिन्छ । दाँतमा एसिड सीधा लाग्न नदिने यो उपाय उपयुक्त हुन्छ । कागती पानी पिउनेवित्तिकै दाँत माझ्न हुँदैन । कागती पानी पिएपछि सादा पनि पनि पिउन आवश्यक छ ।
पेट खराब
पेटका लागि कागती पानी फाइदाजनक हुन्छ । तर, पानीमा धेरै कागती मिसाउँदा पेटमा ग्यास्ट्रोओसोफेगल रिफ्लक्स र एसिड रिफ्लक्स जस्ता समस्या हुन सक्छ । यस्तो समस्या कागती जस्ता अमिला फलफूलबाट सुरु हुन्छ । यसका कारण छातीमा जलन, बान्ता हुने आदि समस्या हुन जान्छ ।
छालामा किटाणु
जर्नल अफ एनवार्यनमेन्टल हेल्थका अनुसार २००७ मा भएको एक अध्ययनका अनुसार २१ विभिन्न प्रकारका तरिकाबाट ७६ वटा कागतीको नमुना परीक्षण गरिएको थियो । जसबाट कागतीको बोक्रामा सुक्ष्म जीव पाइन्छ जुन रोगको कारण बन्नसक्छ । यसबाट बच्नका लागि पानीमा कागतीलाई सिङ्गै हाल्नुभन्दा यसको एक वा दुई थोपाको प्रयोग गर्न सकिन्छ ।
घाउ बढाउँछ
कागती पानीले घाउलाई दुखाई र जलन बढाउँछ । सानातिना घाउहरु एक हप्तामा नै ठिक हुने गर्छन् । तर अमेरिकी डेन्टल एसोसिएसनका अनुसार अत्यधिक मात्रामा कागती पानीको सेवनले सामान्य घाउहरु पनि बढ्न सक्छ । धेरै मात्रामा अमिलो फलफूल खाँदा घाउ निको हुन लामो समय लाग्छ ।
अमिलो फलफूल र माइग्रेन
अमिलो फलफूल र माइग्रेनबीच पुरानो सम्बन्ध रहेको छ । यस विषयमा गरिएको अनुसन्धानबाट अमिलो फलफूलले माइग्रेन बढाउने काम गर्छ । न्यूरोलोजिस्ट रेबेका ट्रबले हेल्थ म्यागाजिनलाई बताएअनुसार कागतीले माइग्रेन र टाउको दुखाई बढाउछ । कागतीमा अत्यधिक मात्रामा टाइरामाइन पाइन्छ । यस्ता खानेकुराले माइग्रेनको समस्या बढाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण