उपचार गराइरहेका बिरामीद्वारा अस्पतालबाट हामफालेर आत्महत्याको प्रयास
विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचाररत एक बिरामीले अस्पतालबाट हामफालेर आत्महत्याको प्रयास गरेका छन् । आज बिहान ६ बजे मोरङको धनपालथान गाउँपालिका–१ का ३५ वर्षीय शिवकुमार मण्डलले अस्पतालको तीन तलामाथिबाट हामफालेर आत्महत्याको प्रयास गरेका हुन् । प्रहरीका अनुसार हात्महत्याका प्रयास गरेका मण्डलको टाउको तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । उनको सोही अस्पतालमा उपचार भईरहेको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले छारे रोगको पुरानै समस्या रहेका उनलाई उपचारका लागि मंसिर ३ गते परिवारले अस्पताल भर्ना गरेका थिए ।
आइसियूमा राखेर अस्पतालले उनको उपचार गरेको थियो । आइसियूबाट वार्डमा सारेपछि अस्पतालले मण्डललाई मंसिर ७ गते डिस्चार्ज दिएको थियो । तर, उपचारवापतको १९ हजार रूपैयाँ तिर्न नसक्दा परिवारका सदस्यले घर लैजान पाइरहेका थिएनन् । अस्पतालका अनुसार मण्डलको उपचारमा जम्मा ३६ हजार रूपैयाँ खर्च भएको थियो ।
उनको पारिवारिक आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको बताइन्छ । उपचारमा लागेकोमध्ये १७ हजार रूपैयाँ मात्रै परिवारले तिर्न सक्यो । १९ हजार रूपैयाँ तिर्न नसकेका कारण मण्डललाई अस्पतालले बन्धक बनाएर राखेको थियो । उनलाई अस्पतालमा कुरुवा उनकै सासू बसेकी थिइन् । सासू शौचालय गएका बेला मण्डलले अस्पतालबाटै हामफालेका थिए ।
अस्पतालका अनुसार मण्डलले डिप्रेशनको औषधि पनि नियमित सेवन गरिरहेको पाइएको छ ।
प्रहरील आत्महत्याको प्रयासको घटनापछि अनुसन्धान थालेर थप विषयमा जानकारी लिइरहेको छ । डिएसपी श्रेष्ठले भने,‘बिरामीले घर जान नपाएको तनावमा अस्पतालबाट हामफालेर आत्महत्या गर्न खोजेको हुनसक्छ ।’ घटनाको पश्चात अनुसन्धान थालेर थप कुरा बुझ्ने प्रयास भइरहेको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘दर्शन सलाम’का साहिमा र डेबिट उत्कृष्ट
-
अभ्यास खेलमा भोलक्यानोजसँग नेपाल ६७ रनले पराजित
-
नदीजन्य पदार्थको ठेक्का अधिकार स्थानीय तहबाट खोसेर वन कार्यालयलाई दिने तयारी
-
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
-
फेवातालको मापदण्ड घटाउन जग्गाधनीले दिए सर्वोच्चमा रिट
-
पोखरा महानगरलाई लेखा समितिको निर्देशन: बेरुजु नतिर्नेको तीनपुस्ते सार्वजनिक गर