सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु

आइतबार, १२ मङ्सिर २०७८, ११ : २३
आइतबार, १२ मङ्सिर २०७८

पूर्वी चितवनको राप्ती नगरपालिकामा एउटा घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ ।  जिल्लाको विकट क्षेत्र राप्ती नगरपालिका–१ मैनाटारस्थित जितबहादुर रुम्बाको घरमा शनिबार बिहान करिब १० बजे आगलागी भएको थियो । आगलागीमा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।

आगलागीमा रुम्बाका छोरातर्फको नाति तीन वर्षीय सुरज रुम्बा र उनकै छोरीतर्फको तीन वर्षीया नातिनी मनिषा तामाङको जलेर मृत्यु भएको अधिकारीले बताए । उनीहरुको घटनास्थलमा नै मृत्यु भएको उनले बताए ।

काठ र टिनले बनेको घरमा आगलागी भएको हो । सोलारको व्याट्रि सर्ट भएर आगलागी भएको उनले बताए ।

घरका अभिभावक बाहिर गएका बेला घरमा आगलागी भएको थियो । विकट क्षेत्र भएकाले खबर बाहिर आउन ढिला भएको हो । आगलागीबाट घरमा भएको लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा पूर्ण रुपमा जलेर नष्ट भएको छ । –न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप