नेपाली काँग्रेस दैलेखको सभापतिमा पौडेल समूहका मणिराम रेग्मी
आइतबार, १२ मङ्सिर २०७८, १९ : ३१
नेपाली काँग्रेस दैलेखको पार्टी सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका मणिराम रेग्मी विजयी भएका छन् । उनले पार्टी सभापति शेरबहादुर देउवा पक्षका घनश्याम भण्डारीलाई ३७ मतको अन्तरले पराजित गर्दै सभापति बनेका हुन् ।
खसेका जम्मा मत मध्ये रेग्मीले ७९१ मत प्राप्त गरेका थिए भने भण्डारीले ७५४ मत प्राप्त गरेका छन् । दैलेख यसअघिदेखि नै पौडेल समूहको पकड क्षेत्र हो । यो पटक पनि दैलेखमा पौडेल समूहले आफ्नो गढ भत्कन दिएन । कर्णालीका अन्य जिल्लामा देउवा पक्षले पौडेल पक्षको गढ भत्काउँदै आए पनि दैलेखमा देउवा पक्ष पराजित हुन पुग्यो । रेग्मीका प्रतिद्वन्द्वी भण्डारी दुल्लु नगरपालिकाका मेयर समेत हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण