स्वास्थ्य मन्त्रालयद्वारा अस्पतालका निर्देशकहरूको जिम्मेवारी हेरफेर
आइतबार, १२ मङ्सिर २०७८, २२ : ३०
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महत्वपूर्ण महाशाखा र अस्पतालका निर्देशकको जिम्मेवारी हेरफेर सुरु गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा.अनुप बास्तोलालाई सार्क क्षयरोग केन्द्रमा सरुवा गरिएको छ । त्यस्तै टेकु अस्पतालको निर्देशकमा डा.मनिषा रावललाई ल्याइएको छ ।
नीति योजना तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारी क्षयरोग केन्द्रका प्रमुख डा.तारा पोखरेललाई दिइएको छ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा.संगीता मिश्रलाई स्वास्थ्य समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।
उनको ठाउँमा डा.अमिरबाबु श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । समन्वय महाशाखा प्रमुख रीता भण्डारी जोशीलाई जिम्मेवारीविहिन बनाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण