बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयद्वारा अस्पतालका निर्देशकहरूको जिम्मेवारी हेरफेर

आइतबार, १२ मङ्सिर २०७८, २२ : ३०
आइतबार, १२ मङ्सिर २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  महत्वपूर्ण महाशाखा र अस्पतालका निर्देशकको जिम्मेवारी हेरफेर सुरु गरेको छ ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा.अनुप बास्तोलालाई सार्क क्षयरोग केन्द्रमा सरुवा गरिएको छ । त्यस्तै टेकु अस्पतालको निर्देशकमा डा.मनिषा रावललाई ल्याइएको छ ।

नीति योजना तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारी  क्षयरोग केन्द्रका प्रमुख डा.तारा पोखरेललाई दिइएको छ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा.संगीता मिश्रलाई स्वास्थ्य समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । 

उनको ठाउँमा डा.अमिरबाबु श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । समन्वय महाशाखा प्रमुख रीता भण्डारी जोशीलाई जिम्मेवारीविहिन बनाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप