बागलुङमा ट्रयाक्टर दुर्घटना, २ जनाको मृत्यु
सोमबार, १३ मङ्सिर २०७८, २० : ४६
बागलुङको बलेवामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयाबाट कुश्मीशेराका लागि हिँडेको ध १ च ३६० नंको ट्रयाक्टर कालीगण्डकी करिडोरको बलेवा–कुश्मीशेरा खण्डमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छैन ।
दुवै जना पुरुष भएको स्थानीयवासी भरत पौडेलले जानकारी दिए । दुर्घटनामा घाइते भएका १२ वर्षीय सुदीप केसीलाई उपचारका लागि पर्वत सदरमुकाम कुश्माको अस्पताल लैजाने तयारी भइरहेको छ ।
घटनास्थलमा प्रहरी पुगेको छ । ट्रयाक्टर चालक भने फरार छन् । कैयादेखि करिडोरमा उक्लिने क्रममा ट्रयाक्टर भिरबाट झन्डै २०० मिटर तल खसेको स्थानीय प्रत्यक्षदर्शीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण