म्याग्दीमा जीप दुर्घटना, ४ जनाको मृत्यु, ४ घाइते
सोमबार, १३ मङ्सिर २०७८, २० : ५३
म्याग्दीमा बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सदरमुकाम बेनीबाट रघुगंगा बेगखोलातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा र थप एक जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।
बेनीबाट यात्रु लिएर गाउँतर्फ जाँदै गरेको ग १ ज ७२ ५२ नम्बरको जीप चिलाउने खर्कमा दुर्घटना हुँदा खिमनाथ शर्मा, गौमाया विक, खिमु पुन र जीपचालक दुतबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय म्याग्दीका प्रहरी सहायक निरिक्षक सुशीला थापाले जानकारी दिइन् ।
दुर्घटनामा जीपका चालक दुतबहादुर पुनसहित ५ जनालाइ बेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा चालक दुतबहादुर थापासहित ८ यात्रु सवार थिए । घाइतेमध्ये दुई जना गम्भीर रहेको बताइएको छ । जीप सडकबाट ५० मिटर तल खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण