कर्णालीमा माओवादी केन्द्रबाट विन्दमान विष्ट मन्त्री बन्दै
कर्णालीमा नेकपा (माओवादी केन्द्र)बाट मंगलबार एकजना मन्त्री सरकारमा सहभागी हुने भएका छन्। त्यसका लागि मंगलबार दिउँसो माओवादी केन्द्र संसदीय दलको बैठक बसेर छलफल भएको छ ।
माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टका अनुसार सांसद विन्दमान विष्टलाई सरकारमा पठाइने निर्णय भएको हो । उनले भने,‘ सायद आज नै शपथ पनि हुन्छ । यद्यपि, अहिले कुन मन्त्रालय पाउने भन्नेबारेमा भने टुङ्गो लागिसकेको छैन।’
मुख्यमन्त्री जीवनबहादुर शाहीको नीजि सचिवालयका अनुसार विष्टको आजै शपथ ग्रहण हुनेछ । उनलाई कुन मन्त्रालय दिने भन्ने कुरा प्रष्ट भएको छैन । स्रोतका अनुसार अहिले आन्तरिक मामिला तथा कानुन र भौतिक मन्त्रालयको ‘लबिङ’ भइरहेको छ।
विष्ट यसअघि महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा हुँदा मन्त्री भएर पनि शपथ ग्रहण गर्ने समयमा उनलाई ब्याक गराइएको थियो । माओवादी केन्द्रबाट सरकारमा सहभागि हुनेमा उनी यो पटक पहिलो मन्त्री हुन् । जीवनबहादुर शाहीले यसअघि एकीकृत समाजवादी संसदीय दलका नेता चन्द्रबहादुर शाहीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण