सुर्खेत जेलब्रेकका कमाण्डर विष्ट बने कर्णालीका अर्थमन्त्री !
कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले मंगलबार बेलुकी पद तथा गोपनीयताको शपथ ग्रहण खुवाएका हुन् । नेकपा (माओवादी केन्द्र)ले मंगलबार दिउँसो संसदीय दलको बैठक बसेर उनलाई सरकारमा पठाउने निर्णय गरेको थियो ।
६ महिनाअघि मुख्यमन्त्री महेन्द्र शाहीको सरकार भएका बेला पनि उनी आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका थिए । तर शपथ नखाँदे तत्कालीन सत्ताधारी काँग्रेसले विरोध गरेपछि उनले मन्त्रीको शपथ लिन पाएका थिएनन् । त्यसैले पनि यो पटक उनलाई जसरी पनि मन्त्री बनाउनै पर्ने बाध्यता माओवादीसँग थियो। युवा माझ निकै लोकप्रिय मानिएका विष्ट माओवादी केन्द्रभित्र एक शालीन छवि भएका नेताका रूपमा पनि चिनिन्छन् ।
को हुन् मन्त्री विष्ट ?
विद्यार्थी छँदादेखिनै माओवादीले सुरु गरेको जनयुद्धमा सहभागी भएका विष्ट वि.सं २०३६ सालमा कालिकोटमा जन्मिएका हुन् । यद्यपि,अहिले उनको स्थायी ठेगाना सुर्खेतको बराहताल गाउँपालिका –१ हो । स्नातक (मानविकी तथा राजनीतिक शास्त्र) सम्म अध्ययन गरेका विष्ट सुर्खेत, प्रदेशसभा–२ (ख)बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । २०५० सालदेखि माओवादी केन्द्रमा संलग्न भएका उनी ०५६ सालमा भूमिगत भएका थिए । ०५६देखि उनले ०५८ माघ १ सम्म अर्थात् १८ महिना जेल जीवन बिताएका छन् । मन्त्री विष्ट सहितको ०५८ सालमा भएको सुर्खेतको जेल ब्रेकको घटना निकै चर्चित र रोचक थियो । सोही जेलब्रेकका उनी एक कमाण्डर समेत हुन् । अखिल क्रान्तिकारीको महासचिव समेत भएका विष्ट पार्टीको पोलिटब्युरो सदस्य समेत रहेका छन्। उनीसँग भार, चीन, फिलिपिन्स र दक्षिण कोरिया लगायतका देशहरूको भ्रमण गरेको समेत अनुभव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण