काँग्रेस अधिवेशन : कर्णालीमा त्रिपक्षीय भिडन्त, निधि पक्षले पनि दर्ता गर्यो उम्मेदवारी
कर्णाली प्रदेशमा नेपाली काँग्रेसको सभापतिका लागि तीन वटा समूह भिड्ने भएका छन् । यस अघिसम्म पार्टी सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले मात्र उम्मेदवारी घोषणा गरेका थिए । तर,उम्मेदवारी दर्ता गर्दा भने विमलेन्द्र निधि पक्षले पनि दर्ता गराएको छ । निधि पक्षका कालिकोटका मोतिराज बमले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
अब, संस्थापन पक्षबाट जुम्लाका ललितजंग शाही, पौडेल पक्षबाट युवा नेता तथा तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाही र निधि पक्षबाट बमबीच कडा प्रतिस्पर्धा हुने भएको हो। अर्को कुरा यहाँ उम्मेदवार छानिएका पौडेल पक्षका युवा नेता शाही र निधि पक्षका बम एउटै जिल्ला कालिकोटका हुन् । युवाहरूबीच लोकप्रिय मानिएका शाहीले सभापति जित्ने आंकलन धेरैको थियो । तर, कालिकोटबाटै अर्का प्रतिस्पर्धी थपिएपछि शाहीलाई धक्का लाग्न सक्ने धेरैको आंकलन छ। तथापि, युवामाझ लोकप्रियता कमाएका र प्रदेशभर नै संगठन निर्माणमा ठुलो योगदान पु¥याएका शाहीको सम्भावना भने धेरै नै छ। उनी गुटभित्रै मात्र सीमित नभई सबै पक्षबाट मत लिनसक्ने आंकलन धेरैको छ।
बिहीबार पत्रकार सम्मेलन मार्फत पनि शाहीले उम्मेदवार लड्दा एउटा गुट रोज्नै परेका कारणा रोजिएपनि आफू समर्ग पार्टीलाई नयाँ तरिकाबाट अघि बढाउनुपर्छ भन्ने सोच राख्ने नेता भएको उल्लेख गरेका थिए। अर्को कुरा उनले समग्र काँग्रेस रुपान्तरणको लागि भनेर ३० बुँदे प्रस्ताव समेत सार्वजनिक गरेका छन् ।
कर्णालीमा निधि पक्षको संख्या कमजोर छ। पौडेल पक्षको यसअघि कर्णालीमा बलियो जनाधार थियो । यो पटक भने देउवा पक्षले आफ्नो वर्चश्व ओगट्दै लगेको छ। कर्णालीमा महाधिवेशन र प्रदेश अधिवेशन प्रतिनिधि गरी कर्णाली प्रदेशमा ७५० मतदाता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण