कर्णालीमा काँग्रेस अधिवेशन : उम्मेदवारहरूको लापरबाहीले एक घण्टा पछि सर्यो मतदान
शनिबार, १८ मङ्सिर २०७८, १२ : ५९
कर्णाली प्रदेशमा निर्वाचन कार्यतालिका अनुसार मतदान प्रक्रिया शुरु हुन सकेको छैन । आज दिउँसो १२ बजेदेखि शुरु हुने भनिएको मतदान कार्यक्रम उम्मेदवारहरूको लापरबाहीका कारण एक घण्टा ढिलो हुन पुगेको हो।
निर्वाचन कार्यतालिकाअनुसार दिउँसो १२ बजेदेखि बेलुकी ५ बजेसम्मका लागि मतदान गर्ने समय तोकिएको थियो । तर, उम्मेदवारहरूलाई मतपत्र डिजाइनका लागि बोलाइएको समयभन्दा ढिलो उपस्थित भएकाेले मतदान प्रक्रिया ढिलो भएको बताइएको छ ।

निर्वाचन समितिका सदस्य विवशकुमार बस्नेतका अनुसार उम्मेदवारहरूलाई मतपत्र डिजाइनको लागि बिहान ७ बजे उपस्थित हुन भनिएको थियो। उनले भने, ‘तर, उम्मेदवारहरू समयको वास्ता नै नगरी ९ बजेमात्र उपस्थित भए। हामीले डिजाइन गरेका मतपत्रमा केही त्रुटी हुनपुग्यो । अहिले मतपत्र छापिँदैछ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण