तारा बरालको जीवन रक्षाका लागि राष्ट्रिय मानवअधिकार आयोगको अपिल
आइतबार, १९ मङ्सिर २०७८, १५ : ५२
१
राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न मागसहित कार्तिक ७ गतेदेखि आमरण अनशनरत तारा बरालको जीवन रक्षाका लागि अपिल गरेको छ । आयोगले आइतबार विज्ञप्ति जारी गर्दै अनशनरत बरालको स्वास्थ्य स्थिति जटिल अवस्थामा पुगेको पनि जनाएको छ ।
सर्वोच्च अदालतलाई पूर्ण रुपमा तत्काल सुचारु गर्नुपर्ने, नेपाल बार एशोसिएशन कार्यालय अगाडि प्रदर्शन गर्दा महिलामाथि दुर्व्यवहार गरी अपशब्द बोल्ने वकिलहरूलाई कारवाही गर्नुपर्ने, एमसीसी परियोजना खारेज गर्नुपर्ने र नागरिकता विधेयक पूर्ण रुपमा खारेज गर्नुपर्ने अनशनरत बरालको माग छ । स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि वीर अस्पतालमा लगिएको छ ।
आयोगले जीवन जोखिममा राखेर अनसन नबसी आफ्ना मागहरुलाई छलफलका माध्यमबाट सम्बोधन गर्ने वातावरण सिर्जना गर्न तारा बराललाई आग्रहसमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण