अछामका १० वटै पालिकामा माओवादी केन्द्रको संगठन विस्तार
नेकपा माओवादी केन्द्र अछामले जिल्लाका १० वटै पालिकामा संगठन विस्तार कार्य सम्पन्न गरेको छ । माओवादी केन्द्र जिल्ला इन्चार्ज झपट साउँदका अनुसार ढकारी गाउँपालिकाको संगठन विस्तार भएसँगै जिल्लाका सबै पालिकाको संगठन विस्तारको कार्य सकिएको हो ।
जिल्ला इञ्चार्ज साउँदका अनुसार ढकारी गाउँपालिकामा नृप थापाको अध्यक्षतामा २६ सदस्यीय गाउँपालिका संगठन कमिटी गठन भएको छ । बान्नीगढी जयगढ गाउँपालिकामा जगत थापाको अध्यक्षतामा २७ सदस्यीय, चौरपाटी गाउँपालिकामा जीवन विक्रम साउँदको अध्यक्षताका २७ सदस्यीय, रामारोशन गाउँपालिकामा शेरबहादुर बोहरा शिशिरको अध्यक्षमा ५५ सदस्यीय र मेल्लेख गाउँपालिकामा ज्वालासिंह साउदको अध्यक्षमा ५५ सदस्यीय र साँफेबगर नगरपालिकामा रंगबहादुर ठकुल्लाको अध्यक्षतामा ४९ सदस्यीय पालिका कमिटी गठन गरिएको छ ।
यस्तै पञ्चदेवल बिनायक नगरपालिकामा अमर विकको अध्यक्षतामा ५५ सदस्यीय, कमलबजार नगरपालिकामा खड्क भण्डारीको अध्यक्षतामा २७ सदस्यीय नगर कमिटी चयन गरिएको छ । मंगलसैन नगरपालिकाका राजकुमार सोडारीको अध्यक्षतामा ६५ सदस्यीय तथा तृर्माखाद गाउँपालिकामा मनबहादुर बयकको अध्यक्षतामा ५५ सदस्यीय पालिका संगठन कमिटी गठन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण