बैतडी जिप दुर्घटना : मृतकको संख्या ४ पुग्यो (अपडेट)
बैतडीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा थप एक जनाको अवस्था गम्भीर रहेको छ । पाटनबाट सकारका लागि हिँडेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका–१ सकार खोलामा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । मृतक मध्ये दुई जना नवविवाहित जोडी भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा पाटन-७ कैलपाल माइत भएकी २० वर्षीया मनीषा विक र उनका श्रीमान् २४ वर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ वर्षीया रमा भट्टराई रहेका छन् ।
उनीहरू चारै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । चुनाराको ठेगाना भने खुल्न नसकेको उनले बताए ।
पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउँदा चारै जनालाई चिकित्सकले मृत घोषणा गरेका हुन् । मनिषा र प्रेम १० दिनअघि मात्रै विवाह बन्धनमा बाँधिएका बताइएको छ । उनीहरू घरबाट माइती फर्कंदै गरेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ४० वर्षीय जानकारी भट्टराईको अवस्था गम्भीर रहेको छ । घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ । दुर्घटना साँझ साढे ६ बजेतिर भएको बताइएको छ । जिप ग्रामीण कच्ची सडकमा दुर्घटना भए पनि दुर्घटनाको कारण खुल्न सकेको छैन । चालक फरार रहेका छन् भने घटनाबारे अनुसन्धान जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण