मुख्यमन्त्री शाहीद्वारा सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । पार्टीको केन्द्रीय सदस्य समेत रहेका उनले पिछडिएको क्षेत्रबाट उम्मेदवारी घोषणा गरेका हुन् ।
शाही पार्टीभित्र संस्थापन पक्षधर नेता हुन् । उनले कर्णालीबाट पनि पार्टीको नेतृत्वदायी भूमिका पाए कुशलतापूर्वक निर्वाह गर्न सकिन्छ भन्ने हेतुले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेको बताएका छन् । उनको नाम यसअघि कर्णालीको सभापतिका लागि पनि चर्चामा थिए । तर उनले आफ्नो सभापतिको लागि चाहना नभएको र आफ्नो पक्षबाट चार जनाले आकाङ्क्षा देखाएपछि पार्टी महामन्त्री पूर्णबहादुर खड्काले मिल्ने भए मिल नत्र जीवनलाई बनाउनुपर्यो भनेपछि नाम चर्चामा आएको बताएका थिए ।
शाही यति बेला कर्णालीको मुख्यमन्त्री बनेपछि सरकारलाई पूर्णता दिने कुरामा भने ध्यान दिएका छैनन् । मुख्यमन्त्री बनेको एक महिना भन्दा बढी भइसक्दा पनि उनले अहिले सम्म दुईवटा मात्र मन्त्री नियुक्त गरेका छन् भने बाँकी मन्त्रालय आफैसँग राखेका छन् । जसले गर्दा कार्यसम्पादनमा समेत समस्या भएको भन्दै मुख्यमन्त्री शाहीको आलोचना भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण