रुकुम बस दुर्घटनाका मृतकको सनाखत
गत राति रुकुम ( पश्चिम ) मा बस दुर्घटना भइ मृत्यु भएका एक जना व्यक्तिको प्रहरीले मंगलबार सनाखत गरेको छ । सोमबार जिल्लाको मुसिकोट नगरपालिका–२ स्थित रातामाटा भन्ने स्थानमा रा १ ख २१०९ नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने ३८ जना घाइते भएका थिए ।
डिएसपी ध्रुवकुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा सोही नगरपालिका–१ का ६५ वर्षीय बुधुराम खड्का रहेका छन् । उनलाई उपचार गर्न लैजाने क्रममा बाटो मै मृत्यु भएको श्रेष्ठले बताए । घाइतेहरू मध्ये १५ जना डिस्चार्ज भइसकेका छन् । मंगलबार बिहान सम्म २१ जना घाइतेहरूले जिल्ला मै उपचार भइरहेको छ । दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौँ र नेपालगञ्ज पठाइएको छ । फरार बस चालकको खोजी भई रहेको प्रहरीले जनाएको छ ।
यसैबीच दाङमा एक जना पुरुष मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका–७ जितपुर बस्ने ५० वर्षीय यज्ञ मूर्ति आचार्य घरदेखि करिब २ किलोमिटर टाढा खेतमा मृत फेला परेका हुन् । बजार जान्छु भनी घरबाट हिँडेका उनको शव उक्त स्थानमा फेला परेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण