भृकुटी मण्डपमा काँग्रेस महाधिवेशनको तयारी, ४० लाखको मञ्च, सडक-सडकमा डिजिटल स्क्रिन ! (भिडियोसहित)
नेपाली काँग्रेसको १४ औं महाधिवेशन शुरु हुन दुई दिन बाँकी छ । महाधिवेशनका लागि काँग्रेसले संघीय राजधानी काठमाडौंको मुटु भृकुटीमण्डप रोजेको छ । जसका लागि मञ्च निर्माण तथा अन्य प्रचार प्रसारको तिव्र बनाएको छ ।
भृकुटीमण्डप लगायत आसपासका क्षेत्रमा काँग्रेसले पार्टीको झण्डा र चुनाव चिन्ह अंकित झण्डा टाँगेर चुनावी माहोल बनाइरहेको छ भने महाधिवेशन स्थलमा मञ्च निर्माणमा पनि पार्टी पंक्ति जुटेको छ । बुधबार साँझ सम्ममा भृकुटीमण्डपको प्रमुख गेट महाधिवेशन केन्द्रीत प्रचार–प्रसारका ब्यानरले भरिभराउ छन् । संस्थापन र इतर दुवै पक्षमा पदाधिकारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवार नटुङ्गिए पनि नेताहरूले आफूखुशी प्रचार सुरु गरेका छन् ।

अर्कातर्फ शुक्रबार हुने उद्घाटन सत्रका लागि करिब २५० देखि ३०० सय जना बस्न मिल्ने मञ्च तयार भइरहेको छ । जसका लागि काँग्रेसले ३५ देखि ४० लाख खर्च हुने अनुमान गरेको छ । मञ्च व्यवस्थापन तथा प्रचार–प्रसार विभाग संयोजक तथा काठमाडौं जिल्ला सचिव गोविन्द कम्पनीकाअनुसार बुधबार साँझसम्ममा मञ्च निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ ।
मञ्च निमार्णका लागि तीन दिनदेखि ४० जनाले निरन्तर काम गरिरहेका छन् । मञ्च निमार्णको काम निरन्तर भैरहेको निर्माणको ठेक्का पाएका रोशन जैशवालले जानकारी दिए । उनले कामको स्तर अनुमान गर्दा काँग्रेसले मञ्च निर्माणका लागि छुट्ट्याएको रकममा दोब्बर वा तेब्बर खर्च बढ्न सक्ने अनुमान गरे ।

मञ्च तीन लाइनमा बस्न मिल्ने गरि तयार गरिएको छ । मञ्चको पहिलो तहमा साँस्कृतिक टोलीले आफ्नो प्रस्तुति दिन सक्नेछ । दोस्रो तहमा काँग्रेससहित अन्य पार्टीका शीर्ष नेता र विदेशी अतिथि र अन्तिम वा माथिल्लो तहमा काँग्रेसका केन्द्रिय पदाधिकारी र अन्य पदाधिकारी बस्न मिल्ने गरि व्यवस्थापन गरिनेछ ।
संयोजक पुडासैनीका अनुसार महाधिवेशन मञ्च अगाडिको स्थलले करिब १६ हजारको उपस्थिति धान्नेछ । अनुमानित साढे २ लाख देखि ३ लाखको हाराहारीमा उपस्थिति रहने कार्यकर्ताहरूलाई भृकुटीमण्डप पार्क, मञ्च अगाडिको सडक, बाहिरी सडकलगायत स्थानमा व्यवस्थापन गरिनेछ ।

उद्घाटनसत्रमा उपस्थित कार्यकर्ता तथा प्रतिनिधिहरूको सहजताका लागि महाधिवेशन स्थल वरिपरि सुन्न र हेर्न सकिने गरि डिजिटल स्क्रिनको व्यवस्थापन पनि भइरहेको प्रचार–प्रसार विभाग संयोजक पुडासैनीले जानकारी दिए ।








भिडियो-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण