‘एमसिसी नेपालको हितमा छैन’
विभिन्न राजनीतिक पार्टीका नेताहरूले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालको हितमा नभएको जिकिर गरेका छन् । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज सात राजनीतिक पार्टीले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा नेताहरूले एमसिसीमा उल्लेख गरिएका प्रावधान नेपालको पक्षमा नभएको दाबी गरेका हुन् ।
राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले एमसीसी पारित गर्न नहुने बताए । उनले एमसीसी सम्झौतामा भएका प्रावधान नेपाली जनताको हितमा नभएको जिकिर गरेका हुन् ।
राजमो सुर्खेतका अध्यक्ष गोविन्द सुवेदी र नेकपा (क्रान्तिकारी माओवादी) कर्णाली प्रदेश समिति इन्चार्ज सिपी शर्मा, नेकपा (मसाल) कर्णाली प्रदेश प्रतिनिधि मोहन थापा, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एटम बिसी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी कर्णाली प्रदेश समिति संयोजक श्याम कुँवर, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका कर्णाली प्रदेश समिति अध्यक्ष दीपकबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी (माले) का कर्णाली प्रदेश समिति सचिव बलबहादुर कुँवर लगायतले एमसीसी देशको हितमा नभएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण