माओवादी कर्णाली अधिवेशन, को–को आकाङ्क्षी ?
रमेश रावल
नेकपा माओवादी केन्द्रको प्रथम प्रदेश स्तरीय अधिवेशन शनिबारदेखि सुर्खेतको वीरेन्द्रनगर–६ स्थित सिटी हलमा सुरु भएको छ । कर्णालीका १० जिल्लाका करिब आठ जना प्रतिनिधिहरूको सहभागितामा कर्णाली प्रदेशको सम्मेलन सुरु भएको हो ।
कर्णाली प्रदेशको नेतृत्वका लागि कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने माओवादी केन्द्रका १६ जना केन्द्रीय सदस्यमध्ये १४ जनाले नेतृत्वका लागि आकाङ्क्षा देखाएका छन् । कर्णालीबाट केन्द्रीय सदस्य रहेका हालका अध्यक्ष राजकुमार शर्मा र सचिवमा रामदीप आचार्य, टेकबहादुर बस्नेत, कालीबहादुर मल्ल, बिन्दमान विष्ट, पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, झकबहादुर मल्ल, मायाप्रसाद शर्मा, नरेश भण्डारी, गजेन्द्र महत, विजय भण्डारी, सत्या पहाडी, र वसन्त शर्मा, नरबहादुर विष्टले अध्यक्ष हुने आंकाक्षा देखाएका छन् । १६ केन्द्रीय सदस्यमध्ये अर्थमन्त्री रहेका जर्नादन शर्मा र शक्तिबहादुर बस्नेत प्रदेश अध्यक्षमा आंकाक्षी छैनन् ।
केन्द्रमा पूर्वमन्त्री शक्तिबहादुर बस्नेत र हालका अर्थमन्त्री जर्नादन शर्मा केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिकटका रूपमा रहँदै आएका छन् । तर, कर्णाली प्रदेशमा आउँदा यी दुवै नेताले आआफ्ना गुट सञ्चालन गरेका छन् ।कर्णालीमा अहिले १४ जनामध्ये कालीबहादुर मल्ल, मायाप्रसाद आचार्य, रामदीप आचार्य, नरेश भण्डारी र महेन्द्रबहादुर शाही, हालका अध्यक्ष राजकुमार शर्माले अध्यक्षका दाबी गरेका छन् । कालीबहादुर, नरेश, रामदीप, मायाप्रसाद बस्नेत समूहका हुन भने महेन्द्र र राजकुमार जर्नादनका समूहमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण