सिटीको विवादास्पद जीत
शनिबार, २५ मङ्सिर २०७८, २१ : ३२
साबिक विजेता म्यानचेस्टर सिटीले १० खेलाडीमा सीमित वुल्भ्समाथि संघर्षपूर्ण जीत हासिल गरेको छ । राहिम स्टर्लिङले विवादास्पद पेनाल्टीबाट खेलको एक मात्र गोल गर्दै सिटीलाई जीत दिलाएका हुन् । प्रिमियर लिगमा उनको यो १ सयौँ गोल थियो ।
जोआ मोन्टिन्होले बर्नार्डो सिल्भाको क्रसमा ह्यान्डबल गरेको भन्दै रेफ्रीले खेलको ६६ औँ मिनेटमा सिटीलाई पेनाल्टी दिएका थिए । भिडियो एसिस्टेन्ट रेफ्रीको मद्दतले पेनाल्टी दिइए पनि बल मोन्टिन्होको हातमा नभएर काखीमा लागेको प्रष्ट देखिएको थियो । पेनाल्टीलाई स्टर्लिङले सजिलै गोलमा परिणत गरे ।
यसअघि पहिलो हाफको इन्जुरी समयमा राउल जिमिनेजले ३१ सेकेन्डको अन्तरमा दुईवटा पहेँलो कार्ड पाए पछि वुल्भ्स १० खेलाडीमा सीमित बनेको थियो । जीतपछि सिटी ३८ अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ । वुल्भ्स २१ अंकसहित आठौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण