नेतृत्वविहीन सेयर बजारका नियामक, स्थानीय निर्वाचनले उत्साह ल्याउने आशा
यतिबेला सेयर बजारका महत्त्वपूर्ण नियामक निकाय नेपाल स्टक एक्सचेन्ज र धितोपत्र बोर्ड नेतृत्वविहीन छन् । यसका लागि बजार सञ्चालक र नियामक निकायमा लामो समयदेखि रिक्त रहेको प्रमुखहरूको नियुक्ति प्रक्रियालाई चाँडो टुङ्ग्याउन लगानीकर्ताले सरकारलाई आग्रह गरिरहेका छन् । लामो समयसम्म यस्ता निकाय नेतृत्वविहीन बन्दा बजारको यो हालत भएको बताउँछन् लगानीकर्ता सञ्जीव पौडेल । यद्यपि अहिलेको समस्याको मुख्य जड भनेको बैङ्कहरूको तरलता अभाव नै हो । “बैङ्कहरूमा पैसा छैन, ऋण लिन जाँदाको त कुरै छाडौँ । स्वीकृत भएको ऋण पनि बैङ्कहरूले दिएका छैनन्,” उनले भने ।नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेन्ज नेतृत्वविहीन छ । बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना बर्खास्त भएको दुई महिनाभन्दा बढी भइसकेको छ । नेपाल स्टक एक्सचेन्जमा पनि प्रमुख कार्यकारी अधिकृत नभएको तीन महिना भइसकेको छ । यतिबेला लगानीकर्तालाई धैर्य र संयमित भएर अगाडि बढ्न सुुझाव दिँदै सेयर लगानीकर्ता दबाब समूूहका संयोजक हरि ढकाल अत्तालिएर सेयर बिक्री नगर्न सुुझाव दिन्छन् । घटेको बजारमा बिक्री गर्नेतर्फ होइन धैर्य राख्न सके राम्रो हुुन्छ ।
पुराना र अनुभवी लगानीकर्ता तथा सेयर बजार विश्लेषक अहिलेको घट्दो सेयर बजार लामो समयसम्म नजाने आशामा छन् । अहिलेको बजारले नियामक निकाय र सरोकारवाला निकायको ग्रिन सिग्नल’ खोजिरहेको सेयर बजार विश्लेषक बीके मिश्रले बताए । सेयर बजार घट्न केही नचाहिने भए पनि बढ्नलाई केही नयाँ कुरा चाहिने उनको भनाइ छ । निर्वाचन घोषणाले स्थानीय निर्वाचन चाँडै हुँदै छ । निर्वाचन घोषणा मात्रै भयो भने त्यसको प्रभाव सेयर बजारसम्म पुग्ने बताउँछन् । “स्थानीय निर्वाचन घोषणा गर्नेबित्तिकै गाउँगाउँसम्म चहलपहल बढ्छ । मानिस केही न केही लिएर गाउँ जान्छन् अनि आर्थिक क्रियाकलाप बढ्छ । त्यसको प्रभाव सेयर बजारसम्म आइपुग्छ,” उनले भने । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण