राहत फतेह अलीले गाए ‘प्रेम गीत ३’ को हिन्दी गीत
‘प्रेम गीत ३’ फागुन १३ देखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । नेपाली र हिन्दी दुई भाषामा रिलिज हुन लागेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, मनिष राउत, सन्तोष सेन, लक्ष्मी बर्देवा, जिवन भट्टराई, पुष्कर कार्की, अनुभव रेग्मी, प्रेम पुरी, क्रिजन गौतम लगायतका कलाकारको अभिनय समेटिएको छ ।
फिल्मको हिन्दी डबसँगै गीतको पनि हिन्दी संस्करणको काम सकिएको छ । निर्माण संस्था आसुसेन फिल्मले एक बिज्ञप्ती जारी गर्दै फिल्मको गीत हिन्दीमा तयार भएको जानकारी दिएको हो । बिज्ञप्तीका अनुसार फिल्मको हिन्दी संस्करणको गीतमा पाश्र्व गायक गायिकामा बलिउडका चर्चित गायक, म्युजिसियन तथा गीतकार आवद्ध भएका छन् । जसमा राहत फतेह अली खान ‘ये सनम तुही तु.. बोलको गीतमा आवाज दिएका छन्, भने अर्को गीत ‘तुम प्यार हो’ मार्फत अंकित तिवारी र पलक मुछालले आवाज दिएका छन् ।
त्यस्तै अर्को डान्स नम्बर ‘मुझ्मे बस् जनामा देव नेगी’ मा पलक मुछालले स्वर भरेका छन् । फिल्मको गीत कुमार र एम तुराजको लेखनको समेत बताइएको छ । सन्तोष सेनको निर्माण रहेको फिल्म स्वर्गिय छेतेन गुरुङ र सन्तोष सेनको निर्देशनमा तयार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ: अर्थमन्त्री
-
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा सांसद ओलीको माग
-
ललितपुरमा एसओएस बालग्रामको जिप दुर्घटनाः चालकको मृत्यु, पाँच जना घाइते
-
रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित
-
मेरो दाबी मुख्यमन्त्रीमा थियो, मन्त्रीमा छैन : श्रेष्ठ
-
९ उपसचिवसहित २८ कर्मचारीको सरुवा (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण