जापानी वैज्ञानिकले बनाए प्रकाशबाट कोरोना पत्ता लगाउने स्मार्ट मास्क
जापानको क्योटो प्रिफेक्चुअल युनिभर्सिटीका वैज्ञानिकले कोरोना संक्रमण भए नभएको जाँच गर्नका लागि नयाँ तरिका खोजी गरेका छन् । उनीहरुले बनाएको मास्कले मोबाइलको फ्ल्यास लाइटको माध्यमबाट कोभिड–१९ भए वा नभएको जानकारी दिन्छ । मोबाइलका अतिरिक्त अल्ट्रा भ्वायलेट (परावैजनी) प्रकाशबाट पनि पत्ता लगाउन सकिन्छ । यो मास्कको विशेषता यो छ कि मास्कको फिल्टर अस्ट्रिचको कोशिकाबाट बनाइएको हो ।
अनुसन्धानका अनुसार मास्कको अघिल्लो तहमा एक फिल्टर लगाइएको छ । यसमा एक फ्लोरिसेन्ट स्प्रे लगाइएको छ । यसमा एक एन्टीबडी हुन्छ । जुन भाइरससँगै बन्द हु्न्छ । यदि मास्कमा भाइरसको कण देखियो भने परावैजनी प्रकाश (यूभी) चम्किन्छ । यो मास्क स्मार्टफोनको एलईडी मा चम्किन्छ ।
मास्क तयार पार्नमा अस्ट्रिचको भूमिका
युनिभर्सिटीको रिपोर्टमा भनिएको छ कि वैज्ञानिकले सबैभन्दाम पहिले कोरोना भाइरस पोथी अस्ट्रिचमा प्रवेश गराएका थिए । पछि अस्ट्रिचको अण्डाबाट एन्टिबडी निकालेर फ्लोरिसेन्ट स्प्रे तयार पारिएको थियो । अस्ट्रिचबाट निक्लने एन्टीबडी कयौ किसिमका भाइरस र ब्याक्टेरियोको बिरुद्धमा काम गर्ने वैज्ञानिकहरुले बताएका छन् ।
३२ बिरामीमा अनुसन्धान
अनुसन्धानको नेतृत्व गरेका वैज्ञानिक यासुहिरो सुकामोटोले मास्को परीक्षण केवल १० दिनमा गरेको बताएका छन् । परीक्षणमा समावेश ३२ कोरोनाका बिरामीको मास्क यूभी प्रकाशमा चम्किएको थियो । अचम्मको कुरो के छ भने जसरी बिरामीमा सुधार आयो त्यसरी नै मास्क चम्किन छोडेको थियो ।
अबको परीक्षण १५० मानिसमा गरिने लक्ष्य रहेका सुकामोटोले बताएका छन् । यदि परीक्षण सफल भएमा सरकारी अनुमति लिइने योजना रहेको उनले बताए । अनुमति पाए लगत्तै यो मास्क २०२२ मा बजारमा आउने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण