वैवाहिक समारोहमा जान लागेको बस दुर्घटना हुँदा पाकिस्तानमा ९ जनाको मृत्यु, कैयौँ घाइते
शनिबार, ०३ पुस २०७८, १३ : ३९
यहाँको एक वैवाहिक समारोहमा जान लागेको बस दुर्घटनाग्रस्त हुँदा बसमा सवार कम्तीमा पनि ९ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परेर अरु कैयौँ व्यक्ति घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल पुर्याइएको छ । शुक्रबार राति पञ्जाब प्रान्तको एक ग्रामीण सडकमा सो दुर्घटना भएको थियो ।
विवाहको भोजमा सहभागी हुन जान लागेको बस सडकबाट तल खसेको थियो । यसमा परेर घाइते भएकाहरुको अवस्था निकै नै गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या थप बढ्न सक्ने पनि प्रहरीले जनाएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण