इन्टरनेट कम्पनीले शुल्कमा युद्ध छेडेपछि प्राधिकरणको चासो
बजारमा सीजी नेट र फाइबर नेटको प्रवेशसँगै इन्टरनेट कम्पनी ‘प्राइस वार’मा उत्रिएपछि दूरसञ्चार प्राधिकरणले चासो देखाएको छ । कम्पनीहरूले आफूखुसी मूल्य निर्धारण गर्न थालेपछि प्राधिकरणले चासो देखाएको हो ।
एक सूचना जारी गर्दै प्राधिकरणले भनेको छ, ‘सेवा प्रदायकले सेवाग्राहीसँग लिने शुल्क/महसुल दर प्राधिकरणबाट स्वीकृत भएको हुनुपर्छ ।’ दूरसञ्चार ऐन, २०५३ को दफा ४२ तथा अनुमति पत्रको शर्त बमोजिम कम्पनीहरूले महसुल तय गर्दा प्राधिकरणसँग अनिवार्य स्वीकृति लिनुपर्छ । तर, यसो नगरेपछि प्राधिकरणले सूचना जारी गर्दै कम्पनीहरूको आफूखुसी मूल्य निर्धारण प्रति चासो देखाएको हो ।
इन्टरनेट बजारमा चौधरी समूह र डिसहोमको प्रवेशसँगै प्राइस वार सुरु भएको छ । यी दुई समूहले सञ्चालन गरेको सीजी नेट र फाइबरनेटले प्रचलित मूल्यभन्दा सस्तोमा इन्टरनेट दिन थालेपछि आफ्ना ग्राहक होल्ड गर्न वर्ल्ड लिंक र भायानेट तथा सुविसुले इन्टरनेटको मासिक शुल्क घटाउन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन बन्यो फिफा विश्वकप २०२६ को विश्वविजेता, अतिरिक्त समयको गोलमा अर्जेन्टिना स्तब्ध
-
अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडि
-
९० मिनेटभर स्पेनको पूर्ण दबाब, अर्जेन्टिनाले एक पटक पनि प्रहार गर्न सकेन
-
९० मिनेटमा भएन गोल: खेल ३० मिनेटको अतिरिक्त समय, १० खेलाडीमा सीमित अर्जेन्टिनाको परीक्षा
-
इन्जुरी समयमा एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित
-
विश्वकप फाइनलको बिचमा बिजुलीको सास्ती: आएको ५ मिनेटमै पुनः गयो बत्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण