एप्रिला नयाँ मिस मंगोल
मिस मंगोल नेपाल २०२१ को उपाधि काठमाडौंकी २१ वर्षीया एप्रिला लामाले जितेकी छन् । उनले शीर्ष उपाधिसहित एक लाख रुपैयाँ पुरस्कार र बैंकक टुर प्याकेज पनि प्राप्त गरेकी छन् । त्यसैगरी ताप्लेजुङकी २३ वर्षीया प्रिया लिम्बु मादेन फस्ट रनरअप र ललितपुरकी २१ वर्षीया विभीषिका श्रेष्ठ सेकेन्ड रनरअप घोषित भए । प्रिया र विभीषिकाले पनि चार दिनको बैंकक टुर प्याकेज प्राप्त गरेका छन् ।
रिडी ग्रुपको शीर्ष प्रायोजनमा भएको प्रतियोगितामा काठमाडौंकी प्रदिका महर्जन मिस मंगोल बागमती, रौतहटकी चन्द्रकुमारी सारुमगर मिस मंगोल प्रदेश २, पाँचथरकी शान्ता योङहाङ मिस मंगोल प्रदेश १ घोषित भए । त्यसैगरी खोटाङकी सान्त्वना राई मिस ट्यालेन्ट, ललितपुरकी समिता बज्राचार्य कल्चरल एम्बासडर र सिन्धुपाल्चोककी पासाङ डोल्मा शेर्पा मिस फोटोजेनिक एवं मिस लिडरसिप घोषित भए ।
कार्यक्रममा सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, रिडी ग्रुपका निर्देशक डीबी आले, स्काई ग्रुप अफ कम्पनीका अध्यक्ष राजन श्रेष्ठ, प्राज्ञ संगीतकार शान्तिराम राई, पूर्व एसएसपी दीपक रञ्जित, मनोविज्ञ अजेलिया रञ्जितकार, मिस मंगोल नेपाल २०१४ डा.एनिस्ता गुरुङ, मिस मंगोल नेपाल २०१८ जाङमु शेर्पा, म्युजिक भिडियो निर्देशक विज्ञान राई निर्णायक रहेका थिए ।
एक्सन इन्टरटेनमेन्टद्वारा आयोजित मिस मंगोल नेपाल २०२१ मा १३ जिल्लाका २२ प्रतियोगी अन्तिम प्रतिस्पर्धामा उत्रिएका थिए । प्रतियोगिताको यो १२औं संस्करण हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण एसियाली समन्वय समिति : १३ सदस्यीय समिति गठन
-
कोशी प्रदेशको डीआईजीमा शेखर खनाल
-
थप गरिएका परिषद् रजिस्ट्रारका उम्मेदवारको अन्तर्वार्ता लिइएन
-
बागमतीमा सत्ता समीकरणको रस्साकस्सी : राप्रपा र हानेपा तान्ने कसरत तीव्र
-
सुनसरी घटना : यी हुन् जिम्मेवारी खाेसिएका सुरक्षा अधिकारीहरू
-
नेपालबाटै मोरक्कोको भिसा प्रक्रिया सुरु, भारत धाउनुपर्ने बाध्यता हट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण