थर्मसमा ‘चपली हाइट ३’ को प्रचार
१५ पुसबाट प्रदर्शनको तयारीमा रहेको फिल्म हो ‘चपली हाइट ३’ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मले प्रचारप्रसारको विभिन्न नयाँ शैली अपनाउन थालेको छ ।
यस्तैमा निर्माण युनिटले फिल्मको प्रचारमा चियाको थर्मस समेत प्रयोग गरेको छ । निर्माता अर्जुन कुमारले बालाजु र वसन्तपुर क्षेत्रमा सर्वसाधारण चिया बेच्ने व्यवसायीसँग सहकार्य गरेर ‘थर्मस पब्लिसिटी’ अभियान चलाएका हुन् । उनले चिया बेच्ने व्यवसायी सबैको थर्मसमा फिल्मको स्टिकर समेत टाँसेका छन् ।
‘नेपाली फिल्म हेर्ने वास्तविक दर्शकसँग फिल्मको जानकारी पुर्याउने उद्देश्यले ‘थर्मस पब्लिसिटी’को आइडिया लगाएको हो’ निर्माता अर्जुन कुमारले भने ‘यसले पनि फिल्म प्रचार राम्रो हुने मेरो बुझाई रहेको छ ।’ फिल्मको प्रचार शैलीमा केही नयाँ गर्न समेत आफूले ‘थर्मस पब्लिसिटी’ अपनाएको अर्जुनको भनाई रहेको छ ।
निकेश खड्काको निर्देशन रहेको फिल्म ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय छ । फिल्मले युवाको कथा उठाएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारको विद्युत् महसुलमा तिरेको भ्याट भदौको बिलमा समायोजन हुने
-
बुधबारकाे रास्वपा केन्द्रीय समिति बैठकबाट पदाधिकारी र केन्द्रीय समितिले पूर्णता नपाउने
-
डा.केसी–सरकारबिच सहमति : निजी शिक्षण संस्थामा सिट वृद्धि नगरिने
-
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
-
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
-
सुनसरी घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण