असारको विद्युत् महसुलमा तिरेको भ्याट भदौको बिलमा समायोजन हुने
सारांश
- नेपाल विद्युत् प्राधिकरणले २०८३ असारमा खपत भएको बिजुलीको महसुलमा लिइएको भ्याट आगामी भदौको बिलमा समायोजन गर्ने भएको छ।
- आर्थिक ऐन २०८३ अनुसार साउन १ देखि बिजुलीमा भ्याट लागू भएपछि असारको खपतमा भ्याट लाग्ने वा नलाग्ने भन्ने अन्योल थियो।
- आन्तरिक राजस्व विभागले असार ३२ सम्मको खपतमा भ्याट नलाग्ने स्पष्ट पारेपछि प्राधिकरणले तिरिसकेको भ्याट रकमलाई अग्रिम भुक्तानी कायम गरी भदौको बिलमा घटाउने निर्णय गरेको हो।
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले २०८३ साल असार महिनामा खपत भएको विद्युत्को महसुलमा लिइएको मूल्य अभिवृद्धि कर (भ्याट) आगामी भदौ महिनाको बिलमा समायोजन गर्ने भएको छ।
आर्थिक ऐन २०८३ ले गरेको व्यवस्था अनुसार साउन १ गतेदेखि विद्युत् सेवामा भ्याट लागू भएको थियो। सोही अनुसार प्राधिकरणले साउनमा जारी गरेका बिलहरूमा भ्याट समावेश गरेको थियो। तर, असार महिनामा खपत भएको विद्युत्को बिल साउनमा काटिँदा भ्याट लाग्ने कि नलाग्ने भन्ने विषयमा अन्योल सिर्जना भएको थियो।
यस विषयमा आन्तरिक राजस्व विभागले साउन १ गतेभन्दा अगाडि (असार ३२ सम्म) खपत भएको विद्युतमा मूल्य अभिवृद्धि कर नलाग्ने स्पष्ट पारेको छ। सोही सूचनाका आधारमा प्राधिकरणले साउनको बिलमा असारको खपत बापत ग्राहकले तिरिसकेको भ्याट रकमलाई 'अग्रिम भुक्तानी' कायम गर्ने निर्णय गरेको हो।
उक्त तिरिसकेको भ्याट रकम आगामी २०८३ भदौ महिनाको बिलमा घटाएर समायोजन गरिने प्राधिकरणले सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ। साउन १ गतेदेखि खपत भएको विद्युतमा भने नियमानुसार भ्याट लाग्ने व्यवस्था यथावत् रहनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा संयुक्त रूपमा सुरक्षा योजना निर्माण र परिचालन गर्ने निर्णय
-
‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा.कोइरालालाई
-
विप्लव भन्छन्– गोली र दमनले जनता होइन सत्ता ढाल्छ
-
१० बजे १० समाचार : सुनसरीमा सामाजिक सद्भाव बनाउन सर्वपक्षीय सहमति, रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
-
नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान
-
शिक्षामन्त्रीको आश्वासन : बजेटमै प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ, अर्थबाट तलबमान स्वीकृत भएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण