‘रविन एण्ड द न्यु रेभुलुसन’ को प्रस्तुतिले तात्यो धरान
चर्चित ब्यान्ड ‘रविन एण्ड द न्यु रेभुलुसन’ ले धरानका दर्शक नचाएको छ । धरान १२ स्थित पब्लिक हाइस्कुलको खेल मैदानमा आयोजित ‘टुबोर्ग मेगा लाइभ कन्सर्ट’ मा आफ्नो गीतसंगीतबाट दर्शक रिझाएका हुन् ।
कोभिड महामारीका कारण करिब साढे दुई बर्षपछि आयोजना भएको यो कन्सर्टमा ब्यान्डले आफ्ना हिट गीत मार्फत दर्शक नचाउन सफल भएको छ ।
नेपाली ढाका टोपी लगाएर स्टेजमा ओर्लिदै रविन एण्ड द न्यु रेभुलुसनका सदस्यले नेपाल–नेपाल बोलको आफ्नो राष्ट्रिय भावनाको गीतबाट कन्सर्ट सुरु गरेका थिए । ४ वर्षपछि धरान– कन्सर्टमा प्रस्तुति भएका रविनले ‘भेटेँ मैले शिवाजी, केटाकेटी पहिलो नाम, जति माया लाएपनि , चिसो चिसो हावा, दम मरो दमलगायत करिब १ दर्जन गीतले धरानेलाई आफ्नो तालमा नचाए ।
पुसको जाडो भएपनि सयौँ दर्शक रविन एण्ड न्यू रेभुलुसनको गीतमा नाचेका थिए । रबिन एण्ड न्यू रेभुलुसनबाट गायक रविन तामाङसँगै प्रविन दास श्रेष्ठ , हरि कृष्ण महर्जन र विजय विश्वकर्माले प्रस्तुति राखेका थिए ।
कार्यक्रममा गायक तामाङले सबैलाई कोरानाबाट सुरक्षित रहन मास्क, सेनिटाइजर प्रयोग गर्न र खोप अनिवार्य लगाउन अनुरोध गरे ।
कन्सर्टमा रविन एण्ड द न्यु रेभुलुसनसँंगै धरानको दुई स्थानीय प्रतिभा हिना मल्ल बराइली र दीपिका बस्नेतले समेत आफ्नो प्रस्तुति दिएका थिए । हिना मल्ल बराइली पहिलो नेपाल आइडलको टप टेन पुगेर चर्चामा आएकी गायिका हुन् ।
कन्सर्टको संचालन गोबिन्द राजभण्डारीले गरेका थिए । टुबोर्गको प्रस्तुति तथा सिल्भर इन्टरटेनमेन्टको आयोजनामा कन्सर्ट आयोजना भएको थियो । टुबोर्गको प्रस्तुति र सिल्भर इन्टरटेनमेन्टको आयोजनामा यस अघि धरानमा टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१७ , धरान र पथरीमा टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१८ आयोजना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
-
तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक
-
सिलिन्डर साट्दा चाप देखिएको हो, ग्यास अभाव छैन : ग्यास उद्योग संघ
-
सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेविसंघकाे प्रदर्शन
-
नेपाललाई नामिबियाले दियो २ सय १२ रनको लक्ष्य, करनले लिए ५ विकेट
-
त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण