इकुसँग रमाए नुवाकोटका दर्शक
कलाकार सुुलेमान शंकर ‘इकु’ ले नुवाकोटका दर्शक हँसाएका छन् । नुवाकोटको विदुर नगरपालिकास्थित बट्टार खेल मैदानमा आइतबार आयोजित ‘क्रिसमस शुभकामना तथा सांगीतिक कार्यक्रम’ मा उनले ‘इकु’ गेटअफ मार्फत विभिन्न प्रस्तुतिले दर्शकलाई मनोरञ्जन दिलाएका हुन् ।
उनी चर्चित टेलिभिजन पात्र ‘इकु’ कै गेटअपमा स्टेजमा देखिएका थिए । टेलिभिजनको पर्दामा पात्र देखेको ‘इकु’ प्रत्यक्ष आफ्नो अगाडि पाउँदा कार्यक्रममा सहभागीले ताली र सिट्ठीले स्वागत गरेका थिए । करिव एकघन्टा स्टेजमा रहेका उनले ‘इकु’ पात्रका रुपमा विभिन्न चर्तिकला देखाएका थिए । प्रस्तुति पछि उनीसँग स्टेजमा सेल्फी खिच्नेको भिड समेत लागेको थियो ।
कोरोनाको कहरपछि सुलेमानको यो नै पहिलो स्टेज कार्यक्रम थियो । कार्यक्रमबाट दर्शकका ‘इकु’ पात्रको क्रेज अहिले पनि पहिले झै रहेको आफुले पाएको सुलेमानले बताए ।
अफ्रिका खड्गी, धुर्व तामाङ, महेन्द्र मान तामाङ, विनोद लामा लगायत गायिका गायिकाको समेत कार्यक्रममा सांगीतिक प्रस्तुति राखेका थिए ।
नुवाकोट इसाई एकता समाजको आयोजना रहेको कार्यक्रममा प्रदेश सांसद बद्री मैनाली, हिरानाथ खतिवडा, विदुर नगरपालिकाको मेयर सञ्जु पण्डित लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारको विद्युत् महसुलमा तिरेको भ्याट भदौको बिलमा समायोजन हुने
-
बुधबारकाे रास्वपा केन्द्रीय समिति बैठकबाट पदाधिकारी र केन्द्रीय समितिले पूर्णता नपाउने
-
डा.केसी–सरकारबिच सहमति : निजी शिक्षण संस्थामा सिट वृद्धि नगरिने
-
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
-
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
-
सुनसरी घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण