गैंडाको खाग ४० लाखमा ‘डिल’, ग्राहकलाई देखाउन लैजाँदा ६ जना पक्राउ
संरक्षित बन्यजन्तु गैंडाको खाग अवैध रुपमा बेच्न खोज्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको बौद्धबाट एकथान गैंडाको खाग सहित ६ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।
गैंडाको खागको तौल १ किलो १० ग्राम छ । कारोबारीले सो खाग ४० लाखमा बेच्ने गरी ‘डिल’ गरेका थिए । बेच्नु अघि बैद्ध स्तुपा स्थित साँघुरो गल्लीमा उनीहरुले खाग हेर्न बोलाए । ग्राहकसँगै गएका महाशाखाका प्रहरीले उनीहरुलाई पक्राउ गरेका हुन् । खागको अवैध कारोबार गर्नेहरुलाई महाशाखाले कानुनी कारवाहीका लागी डिभिजन बन कार्यालय हात्तीसारमा बुझाएको छ ।
पक्राउ पर्नेमा काभ्रे घर भएका ४१ वर्षीय बिरमान तामाङ, ४२ वर्षीय बेद बहादुर दनुवार, २० वर्षीय नवराज गिरी र ३२ वर्षीय भिम तामाङ छन् । काभ्रेकै पाँचखाल नगरपालिका–३ घर भएका ३१ वर्षीय सोहन कार्की र सिन्धुली घर भएका ४१ वर्षीय भिम बहादुर थिङ पनि पक्राउ परेका छन् ।
केही समयदेखि काठमाडौंमा लुकाई छिपाई राखिएको सो खाग चितवनबाट ल्याएको आरोपीहरुले प्रहरीलाई बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण