स्वदेश फर्किइन् मिस नेपाल नम्रता
मङ्गलबार, ०६ पुस २०७८, १७ : ०८
मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ स्वदेश फर्किएकी छिन् । नेपालको प्रतिनिधित्व गर्दै ‘मिस वर्ल्ड’ मा सहभागी उनी प्रतियोगिता स्थगित भएपछि सोमबार नेपाल फर्किएकी हुन् । अमेरिकी राज्य पुएर्तो रिकोमा आयोजना भएको प्रतियोगितामा १७ बढी प्रतियोगी तथा स्टाफमा कोरोनाभाइरस देखिएपछि प्रतियोगिता स्थगित भएको थियो । संक्रमणको अवस्था सामान्य भए ९० दिनभित्र प्रतियोगिता आयोजना गर्ने भन्दै प्रतियोगिता स्थगित गरिएको हो ।
मिस वर्ल्डका धेरै प्रतिस्पर्धी कोरोना संक्रमित भएपनि श्रेष्ठको भने रिपोट नेगेटिभ आएको थियो । सोमबार काठमाडौं फर्किएकी श्रेष्ठ एक साताका लागि होम आइसोलेसनमा बसेको मिस नेपाल आयोजक संस्था द हिडेन टेडरले जनाएको छ । प्रतियोगितामा श्रेष्ठ अन्तिम ३० भित्र प्रवेश गर्न भने सफल भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
-
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
-
तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक
-
सिलिन्डर साट्दा चाप देखिएको हो, ग्यास अभाव छैन : ग्यास उद्योग संघ
-
सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेविसंघकाे प्रदर्शन
-
नेपाललाई नामिबियाले दियो २ सय १२ रनको लक्ष्य, करनले लिए ५ विकेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण