नेपाली कलाकार सन्नीले बनाए अंग्रेजी फिल्म ‘फाइट एण्ड फुरी २’
कलाकार तथा मार्शल आर्ट खेलाडी सन्नी वि.केसीको लेखन निर्देशन रहेको अंग्रेजी फिल्म ‘फाइट एण्ड फुरी २’ को गीत ‘अन्निहिलतीओन’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक सार्वजनिक गीतमा कलाकार समेत रहेका निर्देशक सन्नी, लियो पÞmोङ्ग लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
फिल्ममा सन्नीका अलवा लियो पÞmोङ्ग, जोस्पÞm माइकल, एमएम ए फाइटर लगायत हलिउडका कलाकारको अभिनय छ । अंग्रेजी भाषामा बनेको यो फिल्म नेपालीमा डब गरेर नेपालमा प्रदर्शन गर्न लागिएको निर्देशक सन्नीले बताए । फिल्ममा ह्युमन ट्राफिकिङको कथा उठाउन खोजिएको उनले सुनाए ।
कार्यक्रममा सन्नीले छिट्टै नेपाली फिल्म बनाउन लागेको बताए । सरिन बिको छायांकन, बनिश शाहको सम्पादन रहेको फिल्ममा एक्सन जनरामा निर्माण भएको हो ।
बलिउड कलाकार गोविन्दा, मिथुनका फिल्ममा समेत काम गरेका सन्नी धेरै अगाडि नेपाली फिल्म ‘गोर्खा रक्षक’ देखिएका थिए ।
फिल्म ‘फाइट एण्ड फुरी २’ लाई हलिउडका चलचित्र घर, ओटीटी प्लेटफर्म, नेट फ्लिक्स, एमाजोन प्राइमसँंगै नेपाली चलचित्र घरमा पनि रिलिज गरिन लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
-
तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक
-
सिलिन्डर साट्दा चाप देखिएको हो, ग्यास अभाव छैन : ग्यास उद्योग संघ
-
सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेविसंघकाे प्रदर्शन
-
नेपाललाई नामिबियाले दियो २ सय १२ रनको लक्ष्य, करनले लिए ५ विकेट
-
त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण