उर्जा मन्त्रालयमा भुसालका पाँच महिना, के–के गरिन् काम ?
पम्फा भुसालले उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयको जिम्मेवारी सम्हालेको पाँच महिना पुगेको छ । उनले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्रालयको जिम्मेवारी सम्हालेको पाँच महिना पुगेको जानकारी दिएकी हुन् ।
यसअवधिमा उनले उर्जा र जलस्रोत तथा सिञ्चाई क्षेत्रमा महत्वपूर्ण काम गरेको बताएकी छिन् । मासिक २० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत दिने निर्णय कार्यान्वयनमा आइसकेको छ । यस्तै, यस अवधिमा विद्युतको प्रति युनिट महसुल एक रुपैयाँले घटेको छ ।
यस्तै, सिञ्चाई गर्दा लाग्ने विद्युत महसुल करिब ५० प्रतिशतले घटेको छ । पहिलो पटक वर्षायाममा (असारदेखि कात्तिकसम्म) र सुख्खा याममा (मङसिरदेखि जेठसम्म) फरक–फरक विद्युत महसुल दर कायम गरिएको छ । माथिल्लो तामाकोशी जलविद्युत निर्माण सम्पन्न भइ भारततर्फ विद्युत निकासी सुरु भइसकेको छ ।
विद्युत वितरण विनियमावली, २०६९ संशोधन गरी ग्राहकमैत्री विद्युत वितरण विनियमावली बनाइएको छ । यसैगरी, विद्युतीय सवारीको प्रयोग प्रबद्र्धन गर्न चार्जिङ स्टेसनको विद्युत महसुल दर निर्धारण गरिएको उनले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण