आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

उर्जा मन्त्रालयमा भुसालका पाँच महिना, के–के गरिन् काम ?

शनिबार, १० पुस २०७८, १४ : २२
शनिबार, १० पुस २०७८

पम्फा भुसालले उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयको जिम्मेवारी सम्हालेको पाँच महिना पुगेको छ । उनले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्रालयको जिम्मेवारी सम्हालेको पाँच महिना पुगेको जानकारी दिएकी हुन् ।

यसअवधिमा उनले उर्जा र जलस्रोत तथा सिञ्चाई क्षेत्रमा महत्वपूर्ण काम गरेको बताएकी छिन् । मासिक २० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत दिने निर्णय कार्यान्वयनमा आइसकेको छ । यस्तै, यस अवधिमा विद्युतको प्रति युनिट महसुल एक रुपैयाँले घटेको छ ।

यस्तै, सिञ्चाई गर्दा लाग्ने विद्युत महसुल करिब ५० प्रतिशतले घटेको छ । पहिलो पटक वर्षायाममा (असारदेखि कात्तिकसम्म) र सुख्खा याममा (मङसिरदेखि जेठसम्म) फरक–फरक विद्युत महसुल दर कायम गरिएको छ । माथिल्लो तामाकोशी जलविद्युत निर्माण सम्पन्न भइ भारततर्फ विद्युत निकासी सुरु भइसकेको छ ।

विद्युत वितरण विनियमावली, २०६९ संशोधन गरी ग्राहकमैत्री विद्युत वितरण विनियमावली बनाइएको छ । यसैगरी, विद्युतीय सवारीको प्रयोग प्रबद्र्धन गर्न चार्जिङ स्टेसनको विद्युत महसुल दर निर्धारण गरिएको उनले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप