सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रीय समितिको पहिलो बैठकमा शेखर कोइराला किन भएनन् सहभागी ?

शनिबार, १० पुस २०७८, १४ : ३७
शनिबार, १० पुस २०७८

नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला केन्द्रीय समितिको पहिलो बैठकमा अनुपस्थित भएका छन् ।  शनिबार पार्टी कार्यालय सानेपामा बसेको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा कोइराला अनुपस्थित भएका हुन् । कोइराला पहिलो बैठक छोडेर चितवन गएको कोइराला स्रोतले जनाएको छ । 

काँग्रेस विधानअनुसार सभापति पदको निकटतम प्रतिस्पर्धी रहेका कारण उनी स्वतः केन्द्रीय सदस्य हुन्छन् । वरियता विवादले शेखर केन्द्रीय समिति बैठकमा सहभागी नभएको बुझिएको छ । कोइरालालाई २० औं वरियतामा राखिएको छ । सभापतिमा ४० प्रतिशत मत प्राप्त गरेका कोइरालालाई सभापति शेरबहादुर देउवाले २० औं वरियतामा राखिएका हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप