केन्द्रीय समितिको पहिलो बैठकमा शेखर कोइराला किन भएनन् सहभागी ?
शनिबार, १० पुस २०७८, १४ : ३७
नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला केन्द्रीय समितिको पहिलो बैठकमा अनुपस्थित भएका छन् । शनिबार पार्टी कार्यालय सानेपामा बसेको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा कोइराला अनुपस्थित भएका हुन् । कोइराला पहिलो बैठक छोडेर चितवन गएको कोइराला स्रोतले जनाएको छ ।
काँग्रेस विधानअनुसार सभापति पदको निकटतम प्रतिस्पर्धी रहेका कारण उनी स्वतः केन्द्रीय सदस्य हुन्छन् । वरियता विवादले शेखर केन्द्रीय समिति बैठकमा सहभागी नभएको बुझिएको छ । कोइरालालाई २० औं वरियतामा राखिएको छ । सभापतिमा ४० प्रतिशत मत प्राप्त गरेका कोइरालालाई सभापति शेरबहादुर देउवाले २० औं वरियतामा राखिएका हुन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण