ओमिक्रोन संक्रमण बढ्यो, नयाँ दिल्लीमा फेरि कर्फ्यू
सोमबार, १२ पुस २०७८, ०८ : ०४
कोभिड संक्रमण फेरि बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइने भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले सोमवारबाट कर्फ्यू लगाउने भएको हो ।
राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने भएको छ । भारतमा पछिल्लो २४ घन्टामा ७ हजारमा जना कोभिड संक्रमित भेटिएका छन् । उनीहरुमध्ये ४२२ जनामा नयाँ भेरियन्ट देखिएको छ । नयाँ भेरियन्टका बिरामी र अधिकांश संक्रमित नयाँ दिल्लीमा देखिएका छन् । यसअघि उत्तर प्रदेशमा पनि रात्रिकालीन कर्फ्यू लगाइएको थियो ।
नयाँ दिल्लीबाहेक अन्य सहरहरुमा पनि विभिन्न प्रतिबन्ध लगाइएका छन् । अंग्रेजी नयाँ वर्षमा होटल, रेस्टुराँ, सांगीतिक क्लबलगायतका बढी भिडभाड हुने क्षेत्रहरुमा मानिसहरुको चहलपहल बढ्ने भएकाले विभिन्न राज्यमा निषेधाज्ञा र कर्फ्यू लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मदाह प्रयास गरेका नेपालीको स्वास्थ्य अवस्था चिन्ताजनक, उपचार जारी
-
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सार्वजनिक
-
प्रहरी अधिकृतलाई सरुवा गर्ने धम्की दिएको आरोपमा युवक पक्राउ
-
‘ह्वीललक’को विषयमा महानगर प्रहरीसँग विवाद भएपछि आत्मदाह प्रयास
-
दलाई लामाको जन्मदिनमा बालेन सरकार बदनाम
-
राहदानी विभागले भन्यो– आत्मदाहको प्रयास गर्ने व्यक्ति सेवा लिन आएका थिएनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण