शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ओमिक्रोनको सबैभन्दा पहिलो लक्षण, संक्रमण बढ्नुअघि नै हुनुहोस् सावधान

मङ्गलबार, १३ पुस २०७८, ०८ : १३
मङ्गलबार, १३ पुस २०७८

विश्वभर ओमिक्रोनको संक्रमित संख्या बढ्दै गएको छ । भारत लगायत देशहरुमा ओमिक्रोन संक्रमितको संख्या बढ्दै गएको छ । यो भेरियन्ट डेल्टा भेरियन्टको तुलनामा कति संक्रामक छ भनेर अनुसन्धान भइरहेको छ । यसको लक्षणहरुको विषयमा पनि विभिन्न अनुसन्धान भइरहेको छ । सामान्यतयाः कोरोना भाइरस लागेपछि देखिने लक्षणहरु नै ओमिक्रान भेरियन्टको संक्रमणमा देखिन्छ । दक्षिण अफ्रिकाका स्वास्थ्य विशेषज्ञका अनुसार ओमिक्रोनको सुरुवाती लक्षणले यो भेटियन्टको संक्रमण भएको संकेत गर्छ । यसलाई समयमा नै पहिचान गर्न सकियो भने यसबाट बच्न सकिने उनीहरु बताउँछन् । 

ओमिक्रोनको सबैभन्दा पहिलो लक्षण
ओमिक्रोनको सबैभन्दा पहिलो लक्षण आवाजमा देखिन्छ । तपाईं नचिच्याएको र ठूलो स्वरमा नकराएको समयमा पनि तपाईंको आवाज कर्कश र फाटिएको सुनिन्छ भने त्यो ओमिक्रोनको पहिलो लक्षण हो । आवाज भासिएको वा बसेको जस्तो हुन सुरु हुन्छ । घाँटी चिलाउन थाल्छ । विशेषज्ञका अनुसार ओमिक्रोनको पहिलो लक्षण नै यही हो । 

ओमिक्रोन भाइरसको संक्रमणमा डेल्टाभन्दा फरक लक्षण देखिन्छ । डेल्टाको तुलनामा ओमिक्रोनका बिरामीहरुको घाँटीमा धेरै समस्या आउँछ । घाँटीमा केही बस्तुले घोचिरहेको महसुस हुन्छ । यो नै सबैभन्दा आम लक्षण भएको स्वास्थ्य विशेषज्ञहरुले बताएका छन् । यसका साथै, नाक बन्द हुने, सुख्खा खोकी लाग्ने, ढाडको तल्लो भाग दुख्ने, घाँटीमा घोच्ने जस्ता लक्षणहर देखिन्छन् । यी लक्षणहरु अन्य कोरोनाको भेरियन्टमा देखिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप