सुरक्षाको दृष्टिले कस्तो छ मोदीको नयाँ कार ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्केडमा मर्सिडिजको नयाँ कार सामेल भएको छ । प्रधानमन्त्रीको सुरक्षालाई मध्यनजर गर्दै नयाँ कार लिइएको बताइएको छ । उक्त कारको मोडल मर्सिडिज मेब्याक एस ६५० रहेको छ । यस कारको कयौँ शानदार र हाइटेक फिचरहरू रहेका छन् । सबैभन्दा रोचक कुरा यस कारलाई गोली र बमले पनि असर गर्दैन । हालै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको भारत यात्राका दौरान प्रधानमन्त्री नरेन्द्र मोदीको नयाँ कार पहिलो पटक देखिएको थियो ।
यस कारमा उच्च स्तरको सुरक्षा दिइएको छ । कारको सिसा र बडी यति मजबुत छ कि यसमा एके–४७ जस्ता राइफलको गोलीले पनि असर पुर्याउन सक्दैन । कारले एक्सप्लोसिफ रेसिस्टेन्ट भेहिकल (ईआरभी) २०१० रेटिङ पाएको छ । यस कारमा बसेका व्यक्ति २ मिटर टाढासम्म १५ किलोग्रामसम्मको टीएनटी विस्फोट हुँदा पनि सुरक्षित हुन्छन् ।
गाडीको ढोकामा पोलिकार्बोनेटको एक पत्र राखिएको हुन्छ यसले थप सुरक्षा प्रदान गर्ने बताइएको छ । ग्यास हमला हुँदा क्याबिन अलग अक्सिजनको सप्लाई दिने सुविधा पनि यस कारमा रहेको छ । यो गाडी टायर पड्किँदासमेत सजिलै कुद्न सक्छ । टायर क्षतिग्रस्त हुँदा पनि यो तीव्र गतिमा कुद्न सक्ने भनिएको छ ।
कारको तेल भण्डारमा एक विशेष किसिमको तत्त्वले बनेको हुन्छ । जसले त्यसमा गोली लागेपनि आफै टालिन्छ । यो प्रविधि बोइङ एएच–६४ र एपाचे हेलिकप्टरमा प्रयोग हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण